Websoft University

तेस्रो सुन्दरहरैचा एक्स्पोकाे मन्त्री हिक्मत कार्किले गरे अवलोकन


शिव भट्टराई मोरङ फागुन ८ गते । रातो तारा डट कम,
सुन्दरहरैचामा जारी तेस्रो सुन्दरहरैचा एक्स्पो २०७५ मा आज बुधबार १ नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्किले अवलोकन गर्नु भएको छ ।

मन्त्रीको उक्त अवलोकन भ्रमणमा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल , सुन्दरहरैचा नगरपालिकाका उप प्रमुख धनमाया तामाङको समेत उपस्थिती रहेको थियो ।

मन्त्री कार्किलाई तेस्रो सुन्दरहरैचा एक्स्पोका सयोजक किशोर कार्की , सहसयोजक नागेश पोख्रेल , सचिव जीवन ढुंगानाले एक्स्पोमा रहेको सम्पुर्ण १८५ वटा स्टलहरुको जानकारी दिदै अवलोकन गराउनु भएको थियो ।

मन्त्री कार्किले स्टल नं ७०/७१ मा रहेको प्रथम महिला सगरमाथा आरोहिहरुले सगरमाथा आरोहण गर्दा कैद गरिएको तस्विरहरुको समेत अवलोकन गर्नु भएको थियो ।

एक्स्पो अवलोकन गर्दै मन्त्री कार्किले पत्रकारहरु सग कुरा गर्दै एक्स्पो सञ्चालन गर्नु सजिलो कुरा नभएको भन्दै सुन्दरहरैचाको समेत पहिचान बोकेको यस एक्स्पोमा सम्पुर्ण व्यक्तिहरुले एक्स्पो सफल पार्न आफ्नो जिम्मेवारी हो भन्ने सम्जिदै त्यस अनुरुप लाग्न आग्रह गर्नु भएको थियो ।

उहाले प्रदेश सरकार सुन्दरहरैचा नगरपालिकालाई नमुना नगरपालिका बनाउन प्रतिबद्द रहेको बताउदै केही समय पश्चात् नै सुन्दरारैचा नगरपालिका स्थित बलिया देखि बेलबारी नगरपालिका सम्मको सडकलाई नमुना सडक बनाईने र त्यसै अनुरुप सडकलाई फराकिलो बनाउने सडक आसपासका सरचनाहरु भत्काउने कार्य अघि बढाईसकेको बताउनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.