Websoft University

यही अधिबेशनले प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर सहमतिमै तोक्ने


बिराटनगर,माघ २१ गते । रातो तारा डट कम,माघ २० गते आईतबार देखि शुरु भएको प्रदेश १ को हिँउदे अधिबेशन सँगै प्रदेशको माहोल गर्माएको छ । यो अधिबेशनले प्रदेशको नाम र राजधानीको बिषय टुंग्याउने धेरैले अनुमान समेत गरेका छन।

प्रदेशसभा चलिरहँदा बाहिर धर्ना र बिरोधका कार्यक्रम पनि शुरु भएका छन । तथापि यो अधिबेशनले लगभग नाम र राजधानीको बिषय टुंग्याउने बिशेष स्रोतको दाबी छ ।

लामो समयदेखि प्रदेश १ को नाम र राजधानीको विषय अन्यौलमै रहेका बेला हिउँदे अधिबेशनले यो बिषय टुंग्याउने भएको हो । यसअघि नै नेकपाको केन्द्रीय सचिवालय बैठकले सोही बिषय टुंगो लगाइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रदेशको नाम कोशी र राजधानी विराटनगरलाई तोक्ने निर्णय यसअघि नै भइसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलमा पत्रकारहरु सँगको भेटमा मुख्यमन्त्री राईले‘यही अधिबेशनबाट प्रदेशले नाम र स्थायी राजधानी पाउने र प्रदेशको नाम र स्थायी राजधानीमा सहमतिबाट टुङ्याइने समेत बताएका छन । उनले सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइने बताए । यो हिउँदे अधिबेसनमा महत्वपूर्ण ६ वटा विधेयक प्रदेशसभामा प्रबेश गराउने बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.