{फायल फोटो}
काठमाण्डौं फागुन १४ गते । रातो तारा डट कम,थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पाँचौ खेलमा नेपालले चीनलाई पराजित गरेको छ । हिजोको खेलमा नेपालले चीनलाई ५ रनले हराएको हो ।
थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको चीनले पुरै२० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनाउन सफल भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । चीनमाथिको जित छनोटमा नेपालको चौथो जित हो ।
जितसंगै नेपालले ५ खेलबाट बाट ८ अंक जोडे छ । र, नेपालले छनोटको शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राखेको छ । नेपाल तेस्रो स्थानमा समेत उक्लिएको छ । अब नेपालले कुवेतसंग बुधबार खेल्नेछ ।
Post a Comment