शिव भट्टराई सुनसरी फागुन ११ गते । रातो तारा डट कम,
मोरंगको गछियामा सञ्चालन भई रहेको तेश्रो सुन्दहरैचा एक्सपोले स्थानियहरुलाई रातको समयमा बिभिन्न सास्कृतिक कार्यक्रमबाट मनोरंजन प्रदान गर्दै आएको छ । दिउसो व्यवसायीक रुपले स्टलहरुको अवलोकन संगै साझबाट सुरुहुने बिभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिले स्थानियहरुलाई मनोरंजन प्रदान गर्दै आएको हो ।
दिनभरको थकानमेट्नलाई एक्सपोमा गएर स्थानियहरुले एक्सपोको फाईदा लिई रहेका छन् । दैनिक जसो हजार भन्दा बढि दर्शक एक्सपोको अवलोकन गर्ने गरेको आयोजकले जनाएको छ । बालबालीका देखि बृद्यबृद्याहरुलाई समेत मनोरंजन प्रदान हुने गरिको व्यवस्था मिलाएको संयोजक किसोर कर्कीले बताए । प्रत्यक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुने गरेको कार्कीले बताए ।
हाल सम्म प्रमोद खरेल, राजनराज शिवाकोटि, आस्था राउत, सुगम पोख्रेल, राई ईज किंग राजेश पायल राई लगायतले प्रस्तुति गरिसकेका छन् भने आज मन्त्र ब्याण्ड को दमदार प्रस्तुती रहने छ।त्यसैगरी भोली साझ नेपाल आईडल सीजन १ का फस्ट रनर अप निशान भट्टराईको धमाकेदार प्रस्तुति रहने छ।।फागुन चार गतेबाट सञ्चालन भई रहेको एक्सपोले स्थानिय उत्पादनलाई बजारमा चिनाउन सहज भएको छ भने व्यापारमा पनि बृद्धि भएको छ ।
१२ गते सम्म चल्ने एक्सपोमा रोटेपिंग, मौतकाकुवा, ड्रागन लगायतका बालउद्यान्नका समग्रीहरु राखिएका छन् । एक्सपोले स्थानिय कलाकारहरुलाई समेत पहिचानकोलागी सहज भएको आयोजकले बताएको छ ।
Post a Comment