Websoft University

नेपाल टेलिकमको १५ औं वार्षिक उत्सव सम्पन्न

विराटनगर-रातो तारा डट कम, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले जनअपेक्षा अनुरुप सेवा दिन आवश्यक रहेको बताएका छन् ।

नेपाल टेलिकमको १५ औं वार्षिक उत्सवको अवसरमा हिजो पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरले आयोजित कार्यक्रममा बोल्दै मेयर पराजुलीले यस्तो बताएका हुन् । कतिपय स्थानमा नेटवर्क समस्या र सेवा प्रवाहमा आएका जनगुनासोलाई समेत ध्यान दिन मेयर पराजुलीले आग्रह गरे । विराटनगरमा भइरहेका विकास निर्माण संगै टेलिकमले विस्तार गरेका लाइनहरु अवरुद्ध भएका छन् तिनको समेत उचित व्यवस्थापन गर्न आवश्यक रहेको मेयर परालीको भनाइ थियो ।

कार्यक्रममा बोल्दै पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका क्षेत्रीय निर्देशक अमरनाथ झाले केन्द्रीय कार्यालयले निर्देशन गरे अनुरुपका सेवा प्रवाह गर्न क्षेत्रीय कार्यालय लागी परेको बताए । माघ २२ देखि फागुन २२ सम्म एनटी मोवाइल एप डाउनलोड र रजिष्ट्रेशनमा निशुल्क १०० एमबी डाटा उपलब्ध गराउने ,पोस्ट पेडका ग्राहकलाई ९०० को रिचार्जको प्याकेजमा प्रतिमहिना ३.३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउनेलगायतका धेरै कार्यक्रम रहेको झाले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.