Websoft University

समाजिक सञ्जाल व्यवस्थित बनाउने विषयमा संसदमा छलफल


काठमाण्डौ फागुन ११ गते । रातो तारा डट कम,समाजिक सञ्जाल व्यवस्थित बनाउने विषयमा संसदमा छलफल सुरु भएको छ । सरकारले सूचना तथा प्रविधिसम्बन्धी विधेयक पेश गरेपछि सांसदहरूले त्यस बारेमा आआफ्नो विचार राख्न थालेका हुन् ।

सत्तापक्षका सांसदहरूले विधेयकको पक्षमा र विपक्षका सांसदहरूले विधेयकको विपक्षमा तर्क राखेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कुरा हल्ला मात्रै भएको बताउनुभएको छ । सूचना तथा प्रविधिसम्बन्धी विधेयकबारे प्रतिनिधि सभामा सांसदहरूको जवाफ दिँदै मन्त्री बास्कोटाले सही कुरालाई सही र गलत कुरालाई गलत भन्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले हुँदै नभएको कुरालाई हो भनेर समय खेर नफाल्न पनि अनुरोध गर्नुभयो ।  ‘सामाजिक सञ्जालमा प्रतिबन्ध होइन, नियमन गर्न खोजिएको छ, सामाजिक सञ्जालका कम्पनी दर्ता हुनुपर्छ, कसैले पनि मनपरी गर्न पाइँदैन’ मन्त्री बास्कोटाले भन्नुभयो ,‘विधेयक राम्रो  गर्न ल्याएको हो । केही गल्ती भए सच्याउन सकिन्छ तर पूर्वाग्रहलाई त के गर्न सकिन्छ ? सलाम छ हजुर । ’ उहाँले त्यसो भन्दा सांसदहरू हाँसेका थिए ।

नेपाली काँग्रेसका सांसद् गगनकुमार थापाले सरकारले गलत उद्देश्यका साथ सूचना तथा प्रविधिसम्बन्धी विधेयक ल्याएको दाबी गर्नुभयो । फेसबुक, ट्विटरसहितका सामाजिक सञ्जाललाई दर्ता गर्ने कुरा ठीक भए पनि यदि ती सामाजिक सञ्जालका कम्पनी नेपालमा दर्ताका लागि आएनन् भने के गर्ने भन्ने कुरा प्रष्ट हुन नसकेको उहाँको तर्क थियो ।

नेकपाका सांसद योगेश भट्टराईले विधेयकले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न खोजेको बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.