Websoft University

सुनसरी र उदयपुरबाट लागूऔषध सहित ४ पक्राउ


विराटनगर, फाल्गुन १० गते । रातो तारा डट कम,प्रदेश नम्बर १ को सुनसरी र उदयपुर जिल्लाबाट प्रहरीले बिहीवार छुट्टाछुट्टै समयमा प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । 

सुनसरीको धरान उप-महानगरपालिका-६ सेरापुलबाट प्रहरीले बिहीवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । बेलुका साढे ५ बजेको समयमा प्रहरी चौकी पानमाराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित विराटनगर महानगरपालिका-२१ रानी बस्ने बर्ष  २५ को रुस्तान मियालाई पक्राउ गरेको हो ।  

बा २३ प ५९०९ नम्बरको मोटरसाईकलमा सवार रहेका मियालाई चेकजाँच गर्ने क्रममा शरिर तथा मोटरसाईकलमा लुकाई राखेको अवस्थामा लागूऔषध स्पास्मोप्रोक्सिभोन ट्याब्लेट १ सय ३६ क्याप्सुल बरामद गरेको हो । पक्राउ परेका मियालाई बरामद लागूऔषध र मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-११ साकेला टोलबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले राती १० बजे लागूऔषध सहित त्रियुगा नगरपालिका-६ बस्ने बर्ष ३४ को गणेश चौधरी, त्रियुगा नगरपालिका-११ बस्ने बर्ष-२४ को बिगेश राई र बर्ष-२४ को अशोक भन्ने आशिस राई लाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध फेनारागन-७ एम्पुल, लुपिजेसिक-७ एम्पुल, डाईजेल्याव-७ एम्पुल सहित ४ थान सिरिन्ज बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.