काठमाण्डौं फागुन ९ गते । रातो तारा डट कम,मेची महाकाली अभियान अन्तरग बिराटनगरमा आइपुगेको टोलिले बिराटनगरमा पत्रकार सम्मेलन गरेर अभियानको बारेमा जानकारी गराएकोछ । मेची महाकाली अभियानका तर्फबाट देश भक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष क सीपी गजुरेलले अहिले देश भष्ट्रचारको चपेटामा परेको र यही बेलामा सरकारले ठुला ठुला भष्ट्रचारहरु गरेको आम जनताले थाहा पाएकै कुरा हो भन्नु भयो ।
हाम्रो अभियानले आम जनतालाई सचेत गराउने मात्र हो । ओलीलाई हटाएर माधव नेपाललाई प्रधान मन्त्री बनाउने चै होईन भन्दै,चहादा ओलीलाई सदन बाट होइन सडकबाट जनताको दवाफले मजाले हटाउन सकिने बताउनु भयो ।
व्यवस्था गलत भएकाले गणतान्त्रिक नेपाल होइन जनगणतान्त्रिक नेपाल बने पछि सबै ठिक हुने बताउनु भायो । अहिले व्यवस्था गलत भएकाले नेपालका खोला भारतका मानिसले नेपाल आएर चिनका मानिसलाई बेचेर रकम कुम्ल्याउदा सम्म सरकारले केअि गर्न सक्तैन त्यसैले यो व्यवस्थामै त्रुटी छ भन्नु भयो ।
नेपालमा संघीय जनणतन्त्र स्थापना भए पछि हामी हिमालको पानी बिदेशमा बेचेरै पनि धनी हुने कुरा बताउदै,यो व्यवस्थालाई जनगणतान्त्रिक व्यवस्थामा परिणत गर्नु सबैको साइाा सवाल हो भन्नु भयो ।
यो हाम्रो अभियान पूर्वबाट चितवन पुग्ने र पश्मिबाट चितवन टोलि फागु २१ गते आइपुग्नेछ र हाम्रो भेला हुने बताउनुभयो ।
फागुन २१ गते चितवनमा हुने भेलाले काठमाण्डौमा जनप्रदर्शन गर्ने मितिको टुङ्गो लाग्ने समेत कार्यक्रमका प्रमुख अतिथि सीपी गजुरेलले बताउनु भएकोछ ।
Post a Comment