Websoft University

अव पेट्रोल प्रतिलिटर ११० रुपैयाँ पुगेको छ

विराटनगर, माघ २० गते । रातो तारा डट कम, सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गए राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान २ रुपैयाँ वृद्धि भएको छ ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । मूल्य वृद्धि भएपछी अव पेट्रोल प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ । 

निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूलय समायोजन गर्दा नाफा बढाउँन लागेको छ । अन्तर्रािष्ट्रय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गर्नै सकेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.