Websoft University

फागुन १५ गतेबाट १५ दिन सम्म हाती पाइले र जुकाको औषधि खुवाइदै,


बिराटनगर फागुन १० गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिका जनस्वासस्थ्य महाशाखाले हाती पाइले रोग कसरी एक बाट अरुमा सर्ने गर्दछ सो कुराको बारेमा आज संन्चार कर्मी पत्रकारहरुलाई जानकारी गराउने काम भयो ।

कार्यक्रमका अध्यक्ष तथा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले हाती पाइले रोगका बारेमा जानकारी गराउनु हुदै महानगरबाटै यो रोग निर्मुल गर्न यहि फागुन १५ गतेबाट १५ दिन सम्म हानी पाइले रोगको औषधि महानगरको प्रागणमा कार्यक्रम गरि आफैले खाएर १५ गते सुरु गर्ने बताउनु भएकोछ ।

कार्यक्रममा मेयर पराजुलीले फागुन १५ गते सबै सहभागि भई हाती पाइले रोगको औषधि आफुहरु पनि खाउ र अरुलाई पनि खुवाउन सहयोग गरौ भन्ने आवान गर्नु भएकोछ ।

हाती पाईले रोग खास गरि फाईलेरिया रोग भनिन्छ । यो कुष्ठ रोग भन्दा पनि खतरनाक हुने र यसले मानिसहरुलाई अपाङ्ग समेत बनाउन सक्तछ । हाती पाईले एक प्रकारको सरुवा रोग हो । यो रोग एक प्रकारको सानो सानो धागोको रेसा जस्तो परजिवी जुका जस्तो संक्रमण भए पछि देखा पर्ने गर्दछ ।

हाती पाईले रोग फोथी क्युलेक्स जातको लाम्खुट्टेले मानिसलाई टोके पछि रोगको प्रबेश भएर त्यहि बिकसित हुदै गएर हाती पाइले रोग मानिसहरुमा देखा पर्ने गर्दछ ।

यी परजीवीहरु ३ प्रकारका हुन्छन– 

उचेरिया बांक्राफट,बृजिया मालाजी, बृजिया टिमोर हुन । यो रोग आँखाले देख्न नसकिने भएकाले माइक्रोसकप बाट मात्र दे्खन सकिने रोग हो । रोग लागे पछि धेरै चिसो हुनु ज्वरो आउनु नसा सुनीनु अण्डा कोष सुनिनु खुट्टा सुनिनु पिसाव रातो सेतो आउनु जस्ता अनेकौ प्रकारका रोगका लक्षयाहरु देखा पर्न थाल्दछन । यसको बेलैमा रोक थाम गर्न सुरुमा औषधि नखाए, मानिहरको ज्यान समेत लिन सक्त छ ।

जनस्वास्थ्य महाशाखाका ज्ञान बहादुर बस्नेतले दिएको जानकारी अनुसार महानगर भित्र २६ प्रतिशतले मात्र गत वर्ष आतीपाइलेको चक्की खाएकाले यो वर्ष सतप्रतिशत खुवाउने र स न २०२० सम्ममा हातीपाईले सतप््रतिशत निर्मुल पार्ने लक्ष्य रहेको बताउनु भएकोछ ।

फागुन १५ गते देखि १५ दिन सम्म खुवाइने आतीपाइलेको औषधि २९२ केन्द्रमा १४८ जना तालिम प्राप्त स्वास्थ्य कर्मीहरुबाट करिव २ लाख ४० हजारलाई हाती पाईलेको औषधि खुवाउने कुरा बताउनु भएकोछ ।
बिराटनगर महानगर र मोरग जिल्लाकै रेकट अनुसार हाल सम्म ९ जना हाती पाईलेका रोगि रहेको बताइएकोछ ।

कुन उमेर समुहले औषधि कसरी खाने– 
उमेर – २ देखि ५ वर्ष सम्म १ चक्की जुकाको १ चक्की,
६ वर्ष देखि १४ वर्ष सम्म २ चक्की जुकाको औषधि १ चक्की
१५ वर्ष उमेर भन्दा माथिका ३ चक्की जुकाको औषधि १ चक्की
२ वर्ष नपुगेका केटा वा केटीलाई औषधि खान नदिने गर्भवती वा ७ दिन नपुगेका सुत्केरी बिरामी कुपोषण भएका ५ वर्ष मुनिका बालबालिकाहरुलाई र कडा रोग लागेका वा ९० काटेका बुडाबुढीलाई पनि खान नदिने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.