उदयपुर, माघ २१ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका-१ बेलस्रोतमा आइतवार ट्याक्टर दुर्घटना हुँदा चालक र सह-चालक घाइते भएका छन् ।
भित्री सडक खण्डमा बालुवा बोकेर बेलस्रोत खोलाबाट कालीखोला तर्फ जाँदै गरेको ना ४ त ८७३८ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अचानक ब्रेकफेल भई सडकबाट ७ मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परि सोही ट्याक्टरका चालक उदयपुर कटारी नगरपालिका-१ बस्ने बर्ष ३० को प्रेम माझी र सह-चालक सिन्धुली दुधौली नगरपालिका-४ घर भई हाल बेलस्रोतमा डेरा लिई बस्ने बर्ष २८ को रञ्जित सदा घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment