Websoft University

दुई स्थानमा सवारी दुर्घटना, २ को मृत्यु १ घाइते


झापा, माघ १८ गते । रातो तारा डट कम,झापाको छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । झापा अर्जुनधारा नगरपालिका-९ मगर टोलमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

बेलुका साढे ५ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको आउदै गरेको मे १० प ४२७१ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार चालक अर्जुनधारा नगरपालिका-६ बस्ने बर्ष ३७ को घनेन्द्र राई पछाडी सवार निजको श्रीमती बर्ष ३३ की लक्ष्मी राई घाईते भएका थिए ।

दुर्घटनाबाट घाइते दुवै जनालाई उपचारको लागी बि. एण्ड. सी. अस्पताल बिर्तामोड पठाएकोमा गम्भीर घाइते स्कुटरको पछाडी सवार लक्ष्मी राईको उपचारको क्रममा साँझ सवा ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । अर्का घाइते राईलाई उपचार पश्चात प्रहरीको नियन्त्रणमा राखिएको छ । यता झापाकै कमल गाउँपालिका-५ सितापुरी चोकमा ट्याक्टरबाट लडेर बिहीवार सह-चालकको मृत्यु भएको छ ।

साँझ पौने ८ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ त ५०४२ नम्बरको ट्याक्टरबाट लडेर झापा शिवसताक्षी नगरपालिका-२ बस्ने बर्ष २० को सुमन बेस्रा (सतार) अचानक ट्याक्टरबाट लडेर घाइते भएका थिए । ट्याक्टर लडेर गम्भीर घाइते भएका बेस्रालाई उपचारको लागि दमक स्थित लाईफ लाईन अस्पताल पठाईएकोमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनएको छ । ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.