काठमाण्डौं,माघ २१ गते । रातो तारा डट कम,सरस्वती पुजा नजिकिदै गर्दा तराइका जिल्लाहरुमा मुर्तिकारहरुलाई यतिखेर मुर्ति बनाउन भ्याइ नभ्याई भएकोछ ।
यहि माघ २७ गते आईतवारका दिन सरस्वती पुजाको दिन जुरेकाले मुर्तिकारहरु सरस्वतीको मुर्ति बनाउन व्यस्त भएका छन् । सरस्वतीको मुर्ति बनाएरै राम्रो आम्दानी लिन र ब्यबसाय प्रबद्धनको लागि कालिगढहरु सरस्वतीको मुर्ती बनाउन ब्यस्त भएका उनिहरुले बताउने गर्दछन ।
सरस्वतीको पुजा अर्चनामा मुर्तिको प्रतिमाको आवश्यक्ता पर्ने भएकाले तराइ जिल्लाका बिभिन्न स्थानमा सरस्वती माताको मुर्ति बनाउन कालिगढहरु लागेका हुन । एउटा सरस्वातीको मुर्ति तीन हजार देखि लिएर पाच हजार सम्ममा बिक्रि हुने गरेको मुर्तिकारहरुले बताएका छन् ।
प्रत्येक वर्ष सरस्वती पुजाको समयमा १ महिनामा नै मुर्ति बनाएरै आफुहरु १ लाख सम्म आम्दानी गर्दैआएको मुर्तिकारहरु बताउछन् ।
Post a Comment