Websoft University

सुन्दरहरैचामा तेस्रो सुन्दरहरैचा एक्सपो लाग्ने


शिव भट्टराई सुनसरी माघ २० गते । रातो तारा डट कम,
मोरङको मोरङको सुन्दरहरैचामा तेस्रो सुन्दरहरैचा एक्सपो लाग्ने भएको छ । सुन्दर दुलारी उघोग बाणिज्य संघको आयोजनामा फागनु ४ गतेदेखि १२ गतेसम्म गछिया खेल मैदानमा कृषि, औघोगिक तथा व्यवसायीक प्रदर्शनी लाग्ने भएको हो ।

गछियामा पत्रकार सम्मेलनको आयोजना गरी उत्पादक र उपभोक्ता बिचको सम्बन्ध बिस्तार, सम्भाबित बजारको पहिचान र प्रबिधि पहिचान गर्ने उदेश्यका साथ एक्सपो आयोजना गरिने जानकारी दिइएको छ । एक्सपोलाई अझ प्रभावकारी बनाउन ख्याति प्राप्त इभेन्ट म्यानेजमेन्ट कम्पनि इभेन्ट संसार डकटकलाई व्यवस्थापनको जिम्मा दिइएको छ ।

एक्स्पोको बारेमा जानकारी दिदै सुन्दर दुलारी उघोग बाणिज्य संघका अध्यक्ष एवम मेला संयोजक किशोर कार्कीले एक्सपोमा १८५ वटा स्टल रहने जानकारी दिए । जसमा औधोगिक उत्पादन तथा बष्तुहरु, कृषि उत्पादन, सुचना तथा वितिय संस्था, घरायसी समाग्री, अटोमोबाइल्स, बैक तथा अन्य संस्थाहरुको स्टल रहने छन ।

एक्सपोमा करिब १० देखि १५ करोड कारोबार हुने अनुमान गरिएको छ । साथै एक्सपोलाई रमाइलो बनाउन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत उपस्थिति रहने कार्कीले बताए । एक्सपोमा नेपालकै होची महिला मालती क्रृषिदेवलाई राखिने कार्कीले पत्रकार सम्मेलनमा बताए ।

बालबच्चाहरुको लागी बिभिन्न खेल तमासा समेत राखिने छ । एक्सपोमा हेलिकप्टर टुरको बिशेष आकर्षण रहने छ । जसमा लोकल एरिया टुरको लागी ५ हजार र पाथिभरा दर्शनको लागी ३५ हजार टिकट राखिएको छ ।

संयोजक कार्कीका अनुसार एक्सपो अघिल्लो दुई संस्करणको भन्दा पृथक रहने दाबी गरे । एक्सपोलाई सुनसरी, मोरङ र झापाका करिब ३ लाखले अवलोकन गर्ने छन् । तेस्रो सुन्दरहरैचा एक्सपो लाग्ने भएको छ । सुन्दर दुलारी उघोग बाणिज्य संघको आयोजनामा फागनु ४ गतेदेखि १२ गतेसम्म गछिया खेल मैदानमा कृषि, औघोगिक तथा व्यवसायीक प्रदर्शनी लाग्ने भएको हो ।

गछियामा पत्रकार सम्मेलनको आयोजना गरी उत्पादक र उपभोक्ता बिचको सम्बन्ध बिस्तार, सम्भाबित बजारको पहिचान र प्रबिधि पहिचान गर्ने उदेश्यका साथ एक्सपो आयोजना गरिने जानकारी दिइएको छ । एक्सपोलाई अझ प्रभावकारी बनाउन ख्याति प्राप्त इभेन्ट म्यानेजमेन्ट कम्पनि इभेन्ट संसार डकटकलाई व्यवस्थापनको जिम्मा दिइएको छ ।

एक्स्पोको बारेमा जानकारी दिदै सुन्दर दुलारी उघोग बाणिज्य संघका अध्यक्ष एवम मेला संयोजक किशोर कार्कीले एक्सपोमा १८५ वटा स्टल रहने जानकारी दिए । जसमा औधोगिक उत्पादन तथा बष्तुहरु, कृषि उत्पादन, सुचना तथा वितिय संस्था, घरायसी समाग्री, अटोमोबाइल्स, बैक तथा अन्य संस्थाहरुको स्टल रहने छन ।

एक्सपोमा करिब १० देखि १५ करोड कारोबार हुने अनुमान गरिएको छ । साथै एक्सपोलाई रमाइलो बनाउन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत उपस्थिति रहने कार्कीले बताए । एक्सपोमा नेपालकै होची महिला मालती क्रृषिदेवलाई राखिने कार्कीले पत्रकार सम्मेलनमा बताए ।

बालबच्चाहरुको लागी बिभिन्न खेल तमासा समेत राखिने छ । एक्सपोमा हेलिकप्टर टुरको बिशेष आकर्षण रहने छ । जसमा लोकल एरिया टुरको लागी ५ हजार र पाथिभरा दर्शनको लागी ३५ हजार टिकट राखिएको छ ।

संयोजक कार्कीका अनुसार एक्सपो अघिल्लो दुई संस्करणको भन्दा पृथक रहने दाबी गरे । एक्सपोलाई सुनसरी, मोरङ र झापाका करिब ३ लाखले अवलोकन गर्ने छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.