काठमाण्डौं माघ २३ गते । रातो तारा डट कम,सरकारले मदिरा व्यवसायमाथि कडाई गर्ने तयारी गरेको छ । यसका लागि गृहमन्त्रालयले मदिरा उत्पादन र विक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५ मन्त्रीपरिषदमा पठाइसकेको छ ।
सरकारले प्रस्ताव गरेको कार्यकारी आदेशमा नयाँ मदिरा उद्योगको अनुमती तथा दर्ता गर्ने काम हाललाई स्थगित गर्ने, ६० प्रतिशत भन्दा बढी लगानी र तयारी पूरा गरेका भन्दा बाहेक मदिरा उद्योग सञ्चालन अनुमति रोक्का गर्ने लगायत बिषय रहेका छन् ।
सरकारले मदिराले घरेलु हिंसा बढाएको, सवारी दुर्घटना बढाएको, सामाजिक द्धन्द्ध बढाएको लगायत कारण देखाउदै यो आदेश ल्याउन लागेको हो । कार्यकारी आदेश करिव २ महिना अगाडी मन्त्रीपरिषदमा पुगेपनि स्वीकृत भने हुन सकेको छैन । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आदेश छलफलकै क्रममा रहेको बताउनुभयो ।
यो कार्यकारी आदेश भएकाले मन्त्रीपरिषद्बाट स्वीकृत भएपछि स्वतः लागू हुनेछ । तर सरकारको योजनामा मदिरा व्यवसायीले भने असन्तुष्टी जनाएका छन् । अहिले देशभर मदिरा बिक्री गर्ने ६३ हजार बिक्रेता छन् भने ८० भन्दा बढी मदिरा उत्पादक कम्पनी रहेका जनाइएको छ ।

Post a Comment