स्वतन्त्र पत्रकार–तेजेन्द्रबहादुर भण्डारी,
बिराटनगर,माघ १८ गते । रातो तारा डट कम, प्रादेशिक विश्वबिधालय संम्भाव्यता अध्यायन तथा सुजाव कार्यदल,सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर १ ले आज बिराटनगरमा अन्तरक्रिया एवं सुइााव संकल कार्यक्रमको आयोजना गर्यो ।
एक दिने अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्वर १ का सामाजिक बिकास मंन्त्री जीवन घिमिरेले कार्यक्रमलाई सम्वोधन गर्दै यो प्रादेशिक बिश्वबिधालय अध्यायन कार्यदलले १४ जिल्लाका १२ स्थानमा कार्यक्रम र सुजावहरु लिने काम सकेको बताउनु भयो ।
आज भइरहेको सुजाव संकलन कार्यक्रममा सहभागि विद्वानहरुबाट यो अन्तिम कार्यक्रम भएकाले राम्रो सुजावहरुको मन्त्रालयले अपेक्षा गरेको बताउनु भयो ।
अहिले प्रदेश सरकारले मनमोहन पोलिटेक्नीकललाई पनि विश्वबिधालयमा परिणत गर्ने र यहाँ हाल संन्चालनमा रहेका करिव ९५ वटा सामुदायिक क्याम्पसहरुलाई पनि समेटेर महेन्द्र मोरंग क्याम्पसलाई त्रि वि बाट अलग गरि छुटै प्रादेशिक प्रदेशको बहुउद्देश्यीय विश्वबिधालय, उच्च शिक्षा यहीबाट हासिल गर्न सक्ने खालको बनाउने बिषयमा छलफल बहस सुजावका लागि यो कार्यदल बनाइएकोले आज सबैले सुजाव दिन आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा बिभिन्न ग्रुप बनाएर सुजावहरु संकलन गरिएको थियो । कार्यक्रममा बिभिन्न वक्ताहरुले सुजावका लागि आ–आफना धारणहरु राख्नु भएको थियो ।
अन्तरक्रिय कार्यक्रमका सभापति तथा प्रादेशिक विश्वबिधालय संम्भाव्यता अध्यायन तथा सुजाव संकलन कार्यदलका अध्यक्ष प्रा डा महेश्वर दाहालले यहाको बिबिदता जाती जनजाती धर्म संस्कृति कृषि आधुनिक र व्यावसायिक शिक्षा उत्पादन यातायात भुगोल सिचाइ बिश्वबिधालयहरुको बारेमा प्रकाश पार्नु हुदै सुजावहरुका लागि आग्रह गर्नु भएको थियो ।
सासद प्रदेश सासद मन्त्री बिश्व बिधालयका, क्याम्पस बिधालय र सरकारी कर्मचारीहरुको राजनीतिक पाटी प्रतिनिधिहरु समेत ठुलो सहभागिता रहेको थियो ।
कार्यक्रममा दिपक श्रेष्ठले स्वागत मन्त्व्य दिनु भएको थियो ।
Post a Comment