बिराटनगर माघ २३ गते । रातो तारा डट कम,वैदेशिक रोजगारसँग सम्बन्धी सेवा दिने योजना अनुसार सरकारले प्रदेश नम्बर एकको राजधानी विराटनगरबाट श्रम स्वीकृति सम्बन्धि सेवा सुरु गरेकोछ ।
देखेको कुरा-(कार्यलय रहेको भवन भुइचालोले हलाएर
अगाडिको भाग खस्नै लागेको रहेछ-श्रम कार्यलयको
बिराटनगरको भवन धराप पो रहेछ)
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का मानवीय सामाजिक बिकास मन्त्री जीवन घिमिरेले बैदेशिक रोजगारीको लागि कतार जानलागेका धनकुटाका बिजय खड्कालाई मन्त्रीले माला लगाइ, श्रम स्वीकृतिको स्टीकर टांसेको पासपोर्ट दिएर बिराटनगरबाटै आज शुभआरम्भ गर्नु भएकोछ।
कार्यक्रममा मोरङका प्रमुख जिल्लामा अधिकारी रमेशकुमार केसी ,मोरङ जिल्ला प्रहरी कार्यलय प्रमुख मनोज केसी पत्रकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतितब निमित्त कार्यलय प्रमुख सविता दाहालले गर्नु भएको थियो।
विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका तमुराज
काफ्लेले दिएको जानकारी अनुसार २५जनाले निबेदन
दिइसकेका र निबेदन दिनेको संख्या बढीरहेको बेलुका सम्ममा ४५ सम्म पुग्ने अनुमान गरिएको छ।
एकाछन।
प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवम् अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन कार्यलयले
गर्दै जाने बताएको छ।
Post a Comment