Websoft University

पवन सारडाको प्रिमियर स्टिल उद्योगको आवाजले बालबालिका आतिए-दुहबी तुताहा बस्तीका जनता आक्रोशित नगरपालिका बेखबर


काठमाडौ फागुन ९ गते । रातो तारा डट कम, प्रिमियर स्टिल उद्योग होस वा अन्य कुनै पनि उद्योग सन्चालन गर्दा स्थानीयलाई असर नपार्ने गरी बस्तीबाट निश्चित दुरीमा राख्नुपर्ने सामान्य मापदण्ड रहेको हुन्छ तर यहाँ त बस्तीको बिचैमा उधोग खोलिएको छ।

सुनसरीको दुहवी नगरपालिका तुताहामा बस्तीको बीचमै निजी स्टिल कम्पनी खोलिएको छ । त्यो पनि नगरपालिकामा दर्ता र नक्सा पास बिनै । उद्योगबाट निस्कने चर्को आवाजले स्थानीय दुई सय ५० परिवारको निन्द्रा हराम गर्दै आएकोले स्थानीय बासिन्दा बढी आक्रोशित हुँदै उधोग बिधालय छेउ र बस्तीबाट हटाउन बिभिन्न निकायमा माग गर्दै आएका छन।

सुनसरीको तुताहा बस्तीकाेे बिचमा नहरको ६ कठठा दस
धुर जग्गा मिचेर बनेको प्रिमियर स्टिल उद्योगबाट निस्कने यस्तो आवाजले स्थानीय बासीको हाल निद्रा हराएको छ । दुई महिनाअघि सन्चालनमा आएको उद्योगको कर्कर आवाजले बालबालिका अत्तालिन्छन् भने विद्यालयसम्मै पुग्ने चर्को ध्वनीले पढाइ प्रभावित भएको उधोग लाई कार्यवाही गरि त्यहा उधोग हटाउन स्थानीय वासीले माग गरेका छन ।

वातावरणीय प्रभाव मूल्यांकनपछि स्थानीयलाई असर नपर्ने गरी सन्चालन गरिनुपर्ने उद्योग बस्तीको बीचमैछ । स्थानीयको बिरोधकाबीच खुलेको निजी स्टिल कम्पनीले नगरपालिकाबाट न नक्सा पास गराएकोछ, न दर्ता पनि नगराएको  स्थानीय बासिन्दाले आरोप लगाएका छन । 

दुहवि तुताहाका स्थानीय सर्वसाधारण, दुहबी–२,सुनसरी को जनजीवन नै प्रभावित हुने गरी, त्यो पनि दर्ता र नक्सा पास विना उद्योग सन्चालन हुँदा नगरपालिकाले केही कदम नचालेको जनताले आरोप लगाएका छन । उत जनप्रतिनिधिले
निर्वाचित भएर आउनु अगावै वातावरणीय प्रभाव अध्ययन गरी सर्जमिन मुचुल्का भएको भन्दै पन्छिने गरेको जनताले आरोप लगाएका छन । 

पवनकुमार सारडा-सञ्चालक रहेको प्रिमियर स्टिल प्रा. लि. दुहवी २ सुनसरीमा रहेको स्टिल उधोगबाट निस्कने,ध्वनी  प्रदुषण त छदै छ, उद्योगले गाडेको बोरिङले बढी पानी तान्दा भुमिगत पानीको स्रोत सुकेर वस्तीका ट्युवेलमा पानी आउन छाडेको छ । यस उद्योगले पानीको प्राकृतिक बहाव छेक्दा डुवानको जोखिम भएको प्रदुषित पानी पीउन हामी अहिले
बाध्य भएको र बालिनालि नष्ट हुन थालेको स्थानीय बासिन्दाले आरोप लगाएका छन ।

हाल उधोगले सुनसरीको तुताहा बस्तीमा उधोगले प्रत्येक्ष प्रभाव पारेको भए पनि त्यहाका २५० जनालाई रोजगारी दिएको उधोग सन्चालकले दाबी गरे पनि बिरोध भइरहेकोछ  स्थानीय वासी उक्त कुरा मान्न तयार छैनन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.