काठमाण्डौ,माघ २० गते । रातो तारा डट कम,सल्यानमा भ्रष्टाचार मुद्दामा एकजना पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा फरार शारदा नगरपालिका वडा नं.१ पटनेरीका ६१ वर्षीय केशबबहादुर खड्का १८वर्षपछि पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहीले दाङ तुलसीपुरमा लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको बताउनुभयो ।
उनी विरुद्ध २०५७ फाुगन२६ गते जिल्ला अदालत सल्यानले ५० हजार ९ सय ६ रुपैयाँ ६६ पैसा जरिवानाको फैसला गरेको थियो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सल्यानमा बुझाईएको प्रहरीले जनाएको छ ।
Post a Comment