Websoft University

आजदेखि विराटनगरबाट वैदेशिक रोजगारीको श्रम तथा रोजगार पाउने


काठमाण्डौं माघ २३ गते । रातो तारा डट कम,सातै प्रदेशबाट वैदेशिक रोजगारसँग सम्बन्धी सेवा दिने योजना अनुसार सरकारले आजबाट प्रदेश नम्बर एकको विराटनगरबाट सेवा सुरु गर्दैछ । सरकारले आजदेखि प्रदेश १ को विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्न लागेको हो ।

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको मन्त्रालयले जानकारी दिएकोहो ।

प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवम् अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनुभयो । यसअघि गत पुस १५ गतेदेखि प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलबाट पनि सेवा सुरु भइसकेको छ ।

पुस २९ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट र माघ ११ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट समेत यो सेवा प्रदान गर्न थालिसकिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.