Websoft University

चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुदै





काठमाण्डौ फागुन ११ गते । रातो तारा डट कम,रौतहटको चन्द्रनिगाहपुरमा फागुन १७ र १८ गते प्रथम अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी पुरा भईसकेको आयोजकले जनाएको
छ ।

दुई नम्बर प्रदेश मै पहिलो पटक रौहतटको चन्द्रनिगाहपुरमा हुन लागेको अन्र्तराष्ट्रिय कराते प्रतियोगितामा बंगलादेश,भुटान,भारत र नेपाल सहित ४ देशको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसैबीच प्रतियोगितामा सहभागी हुने आयोजक टिमका लागि आवश्यक खेल सामाग्री समेत बितरण गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५  सो प्रतियोगिताका लागि आवश्यक पर्ने बिभिन्न खेल सामाग्री बितरण गरेको हो ।

खेल सामाग्री बितरण कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले खेलका माध्यमबाट नै स्वास्थ नागरिक बन्ने र खेलकै माध्यमबाट समेत देशको नाम उच्च राख्न सकिने भएकाले खेल जगतको बिकासका लागि सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

रौतहटमा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको कराते प्रतियोगिता हुन लागेका कारण आफुले सो प्रतियोगिता सफल बनाउनका लागि करिव एक लाख ५० हजार बराबरको खेल सामाग्री दिएको ५ नम्बरका वडा अध्यक्ष संजय काफ्लेले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.