काठमाण्डौं माघ २३ गते । रातो तारा डट कम,प्रतिनिधीसभाको बैठक आज बस्दैछ । आज सांसदहरुले उठाएका विभिन्न जिज्ञासामा मन्त्रीहरुले जवाफ दिनेछन् । गृहमन्त्री रामबहादुर थापा मुलुकको शान्तिसुरक्षाको स्थितिबारे सांसदका प्रश्नको जवाफ दिन प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदै हुनुहुन्छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थमन्त्रीलाई सांसदले मौखिक प्रश्न सोध्न सक्नेछन् ।
मन्त्रीहरूले रोस्ट्रममै गएर तिनको जवाफ दिनुपर्छ । सचिवालयका अनुसार ४ मन्त्रीलाई सोधिने प्रश्न सांसदले यसअघि नै दर्ता गराइसकेका छन् । प्रतिनिधिसभा नियमावलीमै मन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरिएको छ ।
नियमावलीमा सम्बद्ध विषयका पूरक प्रश्न पनि सोध्न पाउने व्यवस्था छ । सचिवालयका अनुसार सांसदले ८८ मौखिक प्रश्न दर्ता गरेका छन् । तीमध्ये ४३ को जवाफ मन्त्रालयले सचिवालयमा पठाइसकेका छन् । बैठक दिउँसो १ बजे बस्नेछ ।
Post a Comment