Websoft University

गछियामा जारी एक्स्पोमा बरिस्ठ गायक राजेश पायल राईको दमदार प्रस्तुती रहने

बिराटनगर फागुन १० गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैचा–७ स्थित गछियामा जारी ‘तेस्रो सुन्दरहरैँचा एक्स्पो’मा आज गायक राजेश पायल राईको दमदार प्रस्तुती रहने कुरा आयोजकले बताएका छन ।
‘कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार’ भन्ने नाराकासाथ शनिबार शुरु भएको ‘तेस्रो सुन्दरहरैँचा एक्स्पो’को उद्घाटन प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले गर्नुभएको थियो।
एक्स्पोको सास्कृतिक कार्यक्रममा पहिलो दिन गायक प्रमोद खरेल, दोश्रो दिन गायक राम कृष्ण ढकाल र हास्य कलाकार मनोज गजुरेल , तेस्रो दिन गायिका आस्था राउत चौथो दिन गायक राजनराज सिवाकोटी र गायिका यमुना पराजुली , पाचौ दिन गायक अल्मोदा राणा उप्रेती र छैठौं दिन गायक सुगम पोखरेलको प्रस्तुती रहेको थियो भने आज शुक्रबार गायक राजेश पायल राईको प्रस्तुती रहने आयोजकले बताएको छ।
फागुन ४ गते देखि १२ गते सम्म ९ दिन सञ्चालनमा आउने एक्स्पोमा प्रत्येक दिन दिउँसो २ बजे देखि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ।
यस्तै ‘तेस्रो सुन्दरहरैँचा एक्स्पो’ मा उत्पादक र उपभोक्तालाई सिधा सम्पर्क गराउने अपेक्षा गरेको र हेलिकप्टरमार्फत पाथीभरा मन्दिर दर्शनको टुर प्याकेजसहित रोजगार मेला, बालउद्यान, स्थानीय खानाका परिकार, अस्ट्रिच, इमो, भेडा, ऊँट, र टर्की प्रदर्शनिमा राखिएका छन्।
उक्त एक्स्पोमा अल्लोका कपडाका सामान देखि जुम्लाको मार्सी चामल मेलामा आकर्षकको रुपमा रहेकाेे पाइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.