बिराटनगर फागुन २० गते । रातो तारा डट कम,विराटनगरको मुटुमारहेका मुलुक कै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल आज उदघाटन भए पछि संचालनमा आएकोछ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले औपचारिक रुपमा आज शिवरात्री दिन सेन्ट्रल मलको उद्घाटन सत्रलाई सम्वोध गर्दै,नौलो र गोरव प्रदेशको गहनाको रुपमा यस महलाई लिन समिन्छ भन्नु भयो ।
प्रदेश बिकासका लागि प्रदेश सरकारले निजी क्षेत्रलाई लगानी गर्न आवाहन गरिरहेकै बेला ठुलो मनले यो ठुलो उधोग खोल्ने सबैलाई सफल्ताको शुभकामना र बधाइ छ भन्नु भयो । यो सेन्ट्रल महलमा आउने उपभोक्ताहरुले आफुहरु ठगिएको महसुस नगरुन गुणस्तरिय सामाहरु पाउन सक्नु राइले भन्नु भयो ।
छ । विशाल ग्ररुप, देवनगरा ग्ररुप र हाइलाइफ ग्ररुपको संयुक्त लगानीमा विविध व्यापारिक प्रयोजनका लागि झण्डै १ सय करोडको लगानीमा विराटनगर–७ को मेनरोडमा अवस्थित रहेको सिनेमा हलसहितको सुविधा सम्पन्न ३ तल्लाको नुन देखि सुन सम्म पाईने यो सेन्ट्रल मलमा १०४,पसल रहेका र करिव ५ सय जनाले रोजगारी पाएको महलका डाइरेक्टर बिकास चौधरीले रातो तारालाई जानकारी गराउनु भयो ।
०–०–१५–१०,फैलिएको जमिनमा बनेको यो तीन तलाको सेन्ट्रल बजार प्रा लि, सेन्ट्रल मलमा २ हल सिनेमा छन भने एक ठाउमा एकै साथ २५० भन्दा बढीमानिसले खाना खान सक्ने हल समेत रहेको कुरा प्रा लि का डाईरेक्टर बिशन प्रकास मुन्दराले जानकारी गराउनु भयो । अन्तराष्ट्रिय ब्राण्डका र स्वदेशमा उत्पादित विभिन्न सामाग्री मलमा उपलब्ध हुने बताईएकोछ ।
कार्यक्रमको अध्यक्षता देव किसन मुन्दरा, र जगदिश अग्रवालले गर्नु भएको थियो भने उपस्थित पाउनाहरुलाई बिशन प्रकास मुन्दराले स्वागत गर्नु भएको थियो ।
Post a Comment