काठमाण्डौ,चैत ३ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई संविधान भित्रैबाट विश्वासमा ल्याउन सरकारसँग आग्रह गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै सत्ताधारी दल नेकपा नेतृत्वलाई आवेगमुक्त भएर वार्ताको लागि पहल गर्न आग्रह गर्नुभयो । हिंसात्मक गतिविधि बढाएपछि सरकारले गत मंगलबार विप्लव नेतृत्वको नेकपाको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
निधेषको मार्गबाट समस्या समाधान ननिस्किनेमा सचेत गराउँदै विज्ञप्तिमा भनिएको छ,‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधानविपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न ।’ वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।
Post a Comment