Websoft University

वनमा लागेको डढेलोले निकै क्षति पुर्‍ययो


श्याम राई-गाईघाट चैत ४ गते । रातो तारा डट कम तिन दिनदेखि त्रियुगा नगरपालिको मोतिहाई र त्रिदेवी सामुदायिक वनमा लागेको डढेलोले निकै क्षति गरेको छ।

जंगलमा लागेको डढेलो गाउँ बस्ती तर्फ फैलन थालेपछि वन कर्मचारी, प्रहरी र स्थानीयको प्रयासमा रातीदेखि नियन्त्रणमा आएको जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

‘जोखिम अझै टरी सकेको छैन । तिब्र रुपमा चलिरहेको हावा हुरीको कारण डढेलोको त्रास अझै हटेको छैन ।’ उनले भने । गाउँ बस्तीलाई क्षती नपुगोस भनेर अहिले स्थानीयलाई वन क्षेत्रमा गस्ती तथा निगरानी बढाईएको उनले बताए । डढेलो नियन्त्रणमा प्रहरीलाई समेत परिचालन गरिएको उनले बताए ।
उदयपुरमा वर्षेनी डढेलो लाग्दै आएको छ । 

डढेलोले ठूलो क्षती पु¥याउने गरेको छ । गत वर्ष पनि ५ हजार हेक्टर वन क्षेत्रमा लागेको डढेलोले लाखौ मूल्य बराबरको काठ दाउँरा नोक्सानी गरेको वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तिन दिन यता उदयपुरको दुई वटा सामुदायिकको १० हेक्टर भन्दा बढी वन क्षेत्रमा लागेको डढेलोले क्षती पुगेको भए पनि क्षतिको यकिन हुन सकेको छैन । वन कार्यालयले सम्बन्धि वन उपभोक्ता समितिलाई क्षतीको तथ्याङ्क उपलब्ध गराउन पत्रचार समेत गरेको सहायक वन अधिकृत साहले बताए ।

फागुनेखि शुरु हुने तिब्र हावा हुरीको कारण उदयपुरको राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लाग्ने गरेको छ । घास दाउरा लिन जाने र चोरी शिकारीले जंगलमा आँगो लगाउने गरेको कारण जंगलमा डढेलो लाग्ने गरेको वन कर्मचारी बताउछन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.