काठमाण्डौं,फगुन १७ गते । रातो तारा डट कम,जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा निरन्तर हिमपात भइरहेकोले त्यहाँको जनजिवन कष्टकर हुदै गएकोछ ।
यो हिमपात अहिलेसम्मकै उच्च हो । जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करीब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको स्थानीयले बताएका छन् । अहिले त्यस क्षेत्रका मानिस घर बाहिर निस्कन सक्ने अवस्था छैन ।
हिमपातका कारण माथिल्लो क्षेत्र पूरै ढोकेको छ भने सल्लेरी लगाएतको क्षेत्रमा हिउँ खेल्नेहरुको चहलपहल पनि बाक्लिएको छ । आज बिहान करीब १० बजेदेखि मौसममा सुधार आएर घाम लागेसँगै अहिले खोलामा पानीको सतहसमेत बढेको छ ।
Post a Comment