Websoft University

प्रथम प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता खेल सुरु

इटहरी फागुन १७ गते । रातो तारा डट कम,सुनसरीको इटहरीमा श्री पाथीभरा तेक्वान्दो डोजांगको आयोजनामा प्रथम प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता सुरु भएको छ । खेलकुदको माध्यमबाट प्रदेश एकको इटहरीलाई पहिचान दिलाउने उद्धेश्य सहित तेक्वान्दो प्रतियोतिा सञ्चालन भएको हो ।

यहि फागुन १७ र १८ गते  दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटनमा प्रदेश एकको उप सभामुख सरस्वति पोख्रेल, कुसुम श्रेष्ठ, प्रदेश एकको तेक्वान्दो अध्यक्ष शैलेस बिष्ट लगायतको सहभागीता रहेको थियो ।  हलगडा बेविलोन स्कुलको प्रांगणमा हुने प्रतियोतिमा ताप्लेजुंग, इलाम, झापा, मोरंग, सुनसरी, उदयपुर, सोलुखुम्बु, खोटांग, धनकुटा र बिभागिय टिम गरि जम्मा ११ वटा टिमको सहभागीता रहने आयोजकले बताएको छ । पुरुष तर्फ २२ केजि देखि ८० केजि सम्म र महिला तर्फ ३३ केजि देखि ५६ केजि सम्मको १७ वटा तौल समुहको सहभागीता रहने छ ।

दुई दिन सम्म चल्ने प्रतियोगितामा खेलाडीहरुलाई खाना, बस्नकाु राम्रो व्यवस्था सहित प्रत्यक तौल समुहमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्नेलाई मेडल तथा प्रमाण पत्र, सहभागी टिम प्रथम, दोश्रो र तेश्रोलाई सिल्ड तथा प्रमाण पत्र बितरण गरिने आयोजकले जनाएको छ । त्यसैगरि उत्कृष्ट पुरुष १ र महिला १ जनालाई नगद सहित प्रमाण पत्र, पुरस्कार बितरण गरिने छ ।

इटहरीलाई स्पोर्टस सिटिको रुपमा बिकास गर्न यो प्रतियोगिताले पनि सहयोग मिल्ने आयोजकका संयोजक देशबन्धु कार्कीले बताए । प्रतियोगिताको लागी करिब ७ लाख ३५ हजार लागत अनुमान गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.