श्याम राई-उदयपुर,गाईघाट चैत १० गते ।रातो तारा डट कम, भालुको आक्रमणबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा आईतबार विहान दुई जना घाईते भएका छन् ।
स्थानीय जंगलमा बाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि चौदण्डीगढी नगरपालिका–५ का २५ वर्षिय घुरन सदाय र सोही ठाउँका २५ वर्षिय मनिस राई घाइते भएका हुन् ।
भालुको आक्रमणबाट राईको पाखुरा, घुडा, ढाँड, हात खुट्टा लगायतमा चिथोरिएको छ । उनको उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा पठाएको छ भने सदाय सामान्य घाइते भएको प्रहरी चौकी सुन्दरपुरले जनाएको छ ।
भालुले सदायको हातमा चिथोरेको छ । भालुले सदायको हात पुरै मुखमा हालेपनि टोक्न नपाएको प्रहरीले जनाएको छ ।

Post a Comment