Websoft University

४ लाख ७५ हजार ३ सयले बिधर्थीले आजदेखि एसईई परीक्षा दिदै,


काठमाण्डौ चैत १० गते । रातो तारा डट कम,यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षा आजदेखि सुरु भएको छ । आज  विहान ८ बजेबाट सुरु भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका छन् ।

यस वर्षदेखि पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार परीक्षा सञ्चालन हुँदैछ । आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका छन् । परीक्षार्थीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट १ लाख ६ सय २ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रदेश १ बाट ८३ हजार ८ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी परीक्षामा सामेल भएका छन् ।

  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.