बिराटनगर चैत ११ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत एकदेव अधिकारीले महानगरपालिकाकालाई अहित हुने कुनै काम आफुवाट नहुने वताएका छन् ।
महानगरपालिकामा भर्खर सरुवा भएर आएका प्रमुख प्रसासकिय प्रमुुख अधिकारीले आज आयोजित पत्रकारसँगको परिचयात्मक कार्यक्रमा उनले. आफु कुनै मन्त्री वा राजनितिदलको मान्छे नभई साझा मान्छे भएको र कसैलाई राजनितिक भेदभाव नगरी साझा मान्छेको रुपमा काम गर्ने बताए ।
उनले जिम्मेवारी निभाउने विषयमा कसैसंग कुनै सम्झौता नर्गने समेत वताएका छन् । प्रमुख अधिकारीले अध्यारोमा ,ढुलमुलमा तथा गोप्य रुपमा कुनै काम नर्गर्ने वताए ।
प्रमुख अधिकारीले मन्त्रीको सिफारिसमा नभई आफुले गरेको कामको योग्यताको आधारमा महागनरपालिकामा आएको प्रष्ट पारे ।
विराटनगर महानगरपालिकाले प्रसासनिक रुपमा धेरै मेहनत गर्नुपर्ने अवस्था रहेको उनले वताए । राजश्व संकलन , महानगरवासीलाई दिने सुविधालगायत प्रसासनिक सेवाका विषयमा महानगरपालिले अझ मेहनत गर्नु जरुर रहेको भन्दै त्यसका लागी राष्ट्रसेवक कर्मचारीले पनि आफनो दायित्व जिम्मेवारीका साथ निर्वाह गर्नु पर्ने वताए ।
प्रमुख अधिकारीले विराटनगरमा भइरहेको विकास निमार्णको काम व्यवस्थित नहुदा जनताले सास्ति व्योर्हनु परेकाले त्यसतर्फ महानगरको ध्यान जानु पर्ने बताए ।
महानगरले विकास निर्माण र भोतिक पुर्वाधारको निमार्णको कामलाई प्रभावकारी रुपमा अघि वढाउन आफु लाग्ने उनले वताए ।
Post a Comment