खेल खबर, काठमाण्डौ,फागुन २१ गते । रातो तारा डट कम,प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलहरु आगामी चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले आठौं राष्ट्रिय खेलकुदको खेलहरु चैत १५ गतेबाट सुरु हुने बताउनुभएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको एक कार्यक्रममा सदस्यसचिव विष्टले प्रतियोगिता यसै वर्ष्िभत्र सक्ने गरी आयोजना हुने बताउनुभयो । काठमाडौं सहित प्रदेश ५ को ६ जिल्लामा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ विधाका खेलका लागि झन्डै ५ हजार खेलाडीले सहभागिता जनाउने छन् ।
Post a Comment