काठमाण्डौ चैत १० गते । रातो तारा डट कम,उच्च मूल्यको मसलाबाली अलैंचीको उत्पादन र निकासीमा आफूहरुले भोग्दै आएका समस्या समाधानका लागि किसान र ब्यबशायीले सरकारसँग माग गरेका छन् । अलैंचीमा लाग्दै आएको निकासी कर खारेजी, सहुलियत कृषि कर्जा, तेस्रो मुलुक निर्यातका लागि आफ्नै ट्रेडमार्क, अनुसन्धान र प्रविधि विकासका साथै यथाशिघ्र जात प्रमाणिकरणको ब्यबस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।
नेपाल अलैंची ब्यबसायी महासंघको छैंठौं साधारणसभा तथा तेस्रो महाधिवेशनका लागि धनकुटाको हिलेमा भेला भएका किसान र ब्यबसायीहरुले अलैंची बिमा र खेति विस्तारका लागि सहुलियत कर्जाको ब्यबस्था कार्यान्वयन नल्याइदा किसान र ब्यबशायीहरु पलायनको अबस्थामा पुगेको जनाएका छन् ।
उनीहरुले अलैंचीको गुणस्तर बृद्धि, अनुसन्धान र रोग परिक्षण केन्द्र संचालनमा ल्याई स्वस्थ्य विरुवा उत्पादनका लागि सहयोग गर्न आग्रह गरेका छन् । महाधिवेशनका लागि अलैंची खेति हुँदै आएका मुलुकका विभिन्न १५ जिल्लाका दुईसय अलैंची उत्पादक किसान र ब्यबसायी धनकुटामा छन् ।
“नेपाली कृर्षक तथा व्यवसायीको साझा अभियान, विश्व बजारमा गुणस्तरीय पहुचको ध्यान” भन्ने मुल नारा सहित धनकुटाको हिलेमा आयोजित नेपाल अलैची व्यवसायी महासंघको तेस्रो महाधीवेसनको उद्य्घाटन प्रदेश नं १ मुख्यमन्त्रि सेरधन राइले गर्नुभएको थियो ।
Post a Comment