Websoft University

तराईमा सत्तापक्ष र विपक्षी लगायतका पार्टीका जिल्ला तहका नेताहरुको पूर्व राजाको भ्रमण हेर्नको लागि उपस्थिति


श्याम रसई-गाईघाट चैत २ गते । रातो तारा डट कम,पूर्व राजा ज्ञानेन्द्र साहको गाईघाटमा शनीबार भब्य स्वागत गरिएको छ । जनकपुरबाट अपरान्ह ३ः३० बजे गाईघाट आईपुगेका पूर्व राजा साहले त्रियुगा नगरपालिका वडा न. १० स्थित राधा कृष्ण मंदिरमा करिब ३० मिनट पूजा आजा गरेका छन् ।

पूर्व राजा साह मोटरबाट ओर्लिएर करिब २० मिनट पैदल हिडेका थिए । उनलाई समर्थकहरुले पुष्प गुच्छा र माला लगाएर स्वागत गरेका थिए । ‘ राजा आऊ देश बचाऊ ’  ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ’ हिन्दु राष्ट्र कायम गर भन्दै समर्थकहरुले चर्को नराबाजी गरिरहदा पूर्व राजा साह भने मुसुमुसु हासी रहेका
 थिए । फुलमाला, पुष्पगुच्छा लिएर सडकमा लामबद्ध भएका कतिपय सर्वसाधरणले उनको खुट्टा छुन लाग्दा आफैले समातेका थिए ।

ठूलो भिडले घेरिएका पूर्व राजा समर्थकहरुको स्वागतपछि आफै गाडी चलाएर राधा कृष्ण मंदिर पुगेका थिए ।
जनकपुरबाट ६ वटा गाडीमा दलवलकासाथ पुगेका उनलाई हेर्नेको ठुलो भिड लागेको थियो ।सर्वसाधरणको भेटघाटपछि आयोजक राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले पत्रकारसँगको साक्षात्कारका लागि १० मिनेट सयम उपलब्ध गराउने बताएपनि उनले नितान्त धार्मिक कार्यक्रम भएकाले कुनै प्रतिकृया दिन चाहेनन् ।

सत्ता र विपक्षी दलका नेता पनि सहभागि
जिल्लामा पहिलो पटक आएका पुर्वराजालाई भेटघाटभन्दा पनि हर्नेको जमात निकै थियो । पुर्वराजालाई हेर्नैका लागि सत्तापक्ष र विपक्षी लगायतका पार्टीका जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो ।
राजाको भ्रमण प्रति कुनै प्रतिकृया नदिएका राजनीतिक दलका नेताहरुले उनलाई हेर्नको लागि मात्र आएको बताए । डेढ घण्टासम्म उदयपुरबासीलाई समय छुट्याएका पुर्वराजालाई भेटेर आफ्ना समस्या राख्न आएका धेरैले भने समय नै पाएनन् ।
राजाको भ्रमणपछि भने उनका समर्थक भने निकै उत्साहित बनेका छन् । पुर्वराजा भ्रमण व्यवस्थापन समितिका संयोजक धुर्व रायामाझीले सोचेभन्दा बढि सर्वसाधरणको उपस्थिति रहेको बताए ।
उनले भने, ‘हामीले सामान्य पुजाअर्चना गरेर फर्कनु हुन्छ भन्ने सम्झेर त्यति प्रचार प्रसार गरेनौ, तर सर्वसाधरणको उपस्थिति हेर्दा तयारी र प्रचार प्रसारमा कमि भए जस्तो लाग्यो । ‘बेलामै प्रचारप्रसार गरेको भए २० हजार उपस्थिति गराउन सकिने रहेछ, उनले भने, ‘अघिल्लो पटकको भ्रमण स्थगित भयो, त्यसैले धेरै खवर पनि गरेनौ ।

श्याम राई÷उदयपुर





श्याम राई÷उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.