Websoft University

एन्फाको १८ औं साधारणसभा-खेलाडीलाई पुस्कृत गर्ने निर्णय


विराटनगर,चैत ९ गते । रातो तारा डट कम,नेपाली महिला राष्ट्रिय टिमका खेलाडीलाई पुरस्कृत गर्ने निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको छ ।

विराटनगरमा शनिबार सम्पन्न एन्फाको १८ औं वार्षीक साधारणसभाले विराटनगरमा सम्पन्न पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईका अनुसार प्रदेश १ सरकारले पनि जनही १ लाख र विराटनगर महानगरपालिकाले जनही ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । एन्फा, प्रदेश सरकार र विराटनगर महानगरपालिका समेतले नगद पुरस्कारबाट पुरस्कृत गर्दा महिला फुटबलरले जनही २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

साधारणसभामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अघिल्लो साधारणसभादेखि हालसम्म गरेका कार्यहरु तथा नेपाली फुटबल खेलको विकासका लागि भएका कामका बारेमा प्रस्तुत गरेका थिए । फुटबल विकासमा भएका कामहरुबाट सन्तुष्ट रहेको निस्कर्षसहित वार्षीक प्रगति प्रतिवेदन सर्वसम्मतले अनुमोदन भएको एन्फा प्रवक्ता राईले बताए ।

उनका अनुसार एन्फा कोषाध्यक्ष रवीन्द्र जोशीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले अनुमोदन गरिएको छ । साथै आगामी वर्ष २०७५÷०७६ को वार्षीक कार्यक्रम अनुसारको अनुमानित २३ करोड ७४ लाख ५० हजार रुपैयाँ प्रस्ताव भएको र बजेटमाथि छलफल गर्दै परिमार्जनसहित स्वीकृत गरिएको जानकारी राईले दिए ।

महिला फुटबलको इतिहासमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय प्रतियोगिता साफ च्याम्पियनसिप धेरै चुनौतीका बीचमा सफलतापूर्वक रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई  एन्फाले धन्यवाद दिएको छ । खोटाङ, नवलपुर र मनाङ जिल्लामा फुटबल संघ गठन गर्नका लागि माग भए अनुसार एक वर्षका लागि ति जिल्लालाई पर्यवेक्षकका रुपमा अस्थायी सदस्यता प्रदान गर्ने निर्णय साधारणसभाले गरेको
छ ।

एन्फा प्रवक्ता राईले पहिलो पटक आयोजना गरिएको महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता कुसलता पूर्वक रुपमा सम्पन्न गरेका कारण प्रदेश १ को अस्थायी राजधानी विराटनगरले चर्चा पाएको बताए ।

‘महिलाले खेल्न  र बाहिर डुल्न हुँदैन भन्ने मानसिकता तोडिएको छ,’ उनले भने, ‘महिलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र खेलाउन पर्ने रहेछ भन्ने सन्देश दिन सकियो ।’ प्रतियोगिताका कारण आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको विश्वास एन्फाले लिएको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.