Websoft University

पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपालले तित्ने खेलाडीको दाबी



मोरङ चैत ७ गते । रातो तारा डट कम,विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र चौथौ संस्करणसम्म लगातार विजेता भएको भारत प्रतिस्पर्धा गर्ने छन् । 

साफ महिला च्याम्पीयनसिपको फाइनलको पूर्वसन्धामा आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आफूले जित्ने दाबी गरेका छन् ।

समूह ‘ए’ को विजेता बनेको नेपाल सेमिफाइनलमा श्रीलंका र समूह ‘बी’ को विजेता भारत बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
लगतार चार पटकसम्मको विजेता भारत पाँचौं पटक उपाधि जित्ने उद्देश्यसहित मैदान उत्रँदा नेपाल पहिलो पटक उपाधि भित्र्याउँने योजनामा छ । अन्तर्रा्ष्ट्रिय महिला फुटबलमा नेपालको इतिहास तीन दशक लामो भएपनि निरन्तर व्यवसायीक फुटबल खेलिरहेको सन् २०१० देखि मात्र हो ।
सन् २०१० यता साफमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली महिला टोलीलाई साफमा इतिहास रच्नबाट भारतीय टोलीले रोकिरहेको छ । दक्षिण एसियाको पावर हाउस मानिएको भारतसँग महिला साफको फाइनलमा ३ पटक र सेमिफाइनलमा एकपटक पराजित भएको नेपाल पहिलो पटक घरेलु मैदानमा आयोजित प्रतियोगिताको उपाधि जित्ने योजनामा रहेको मुख्य प्रशिक्षक हरि खड्का बताउँछन् ।

घरेलु मैदानमा आयोजना भएको साफ महिला फुटबल च्याम्पियनसिपमा दक्षिण एसियाको पावर हाउस भारतलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य रहेको खड्का बताउँछन् । ‘पछिल्ला दुई खेलको नतिजा हेर्ने भने भारतमाथि नेपाल हावि रहेको ’ प्रशिक्षक खड्काले भने । अवश्य हामी त्यो रेकर्ड ब्रेक गर्छौं’ प्रशिक्षक खड्का विश्वस्त देखिन्छन् ।

प्रशिक्षक खड्काको विश्वासका पछाडि केही आधार छन् । पहिलो आधार हो, नेपालको सुधारिएको प्रदर्शन । दोस्रो, खड्काले टीम सम्हालेपछि भारतविरुद्ध नेपाली महिला टोलीले हात पारेको सफलता पूर्व खेलाडीसमेत रहेका खड्काले महिला टोलीको प्रशिक्षण सम्हालेपछि नेपाल र भारतबीच दुई पटक भेट भएको छ । 

ओलम्पिक खेलकुदको एसिया छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेलेको थियो । त्यसपछि हिरो वुमन्स गोल्डकपमा भएको भेटमा नेपालले भारतलाई उसकै घरेलु मैदानमा २–१ गोल अन्तरले हरायो ।
यो जितले नेपाली फुटबलरहरुको मनोबल निकै उच्च बनाएको छ । खड्काको दाबीलाई मान्ने हो भने उनले नेपाली खेलाडीमा रहेको भारतको भूतलाई हटाएका छन् । मैदानमा कुनै प्रेसर नदिने हुँदा ढुक्क भएर आत्मविश्वासहित खेलाडीको प्रस्तूति रहने उनको बुझाइ छ । भारतीय टीमसँग देशविदेशमा खेलेको धेरै अनुभव भएपनि उसको देशमा जीतेको नजिर र घरेलुदर्शकको साथले हौसला बढ्ने आधार रहेको खड्काले प्रस्ट्याए।

‘आफ्नै देशमा भइरहेको साफ च्याम्पियनसिपको उपाधि उचाल्ने यो पटक सुनौलो अवसर छ । हामी त्यही अनुसारको रणनीति बनाउछौँ’, प्रशिक्षक खड्काले भने ।

नेपाली टोलीको सुधारिएको स्ट्राइकिङ लाइन र डिफेन्स उपाधि जित्ने मुख्य आधार रहेको प्रशिक्षक खड्का बताउँछन् । दक्षिण एसियामा उत्कृष्ट रहेको नेपालको स्ट्राइकिङ लाइन भारतलाई पराजित गर्ने मुख्य हतियार हो । 

नेपाली महिला फुटबल टीमकी कप्तान निरु थापाले पनि भारतीय टीमसँग डोमिनेट भएर खेल्नुपर्ने अवस्थामा नरहेको स्पष्ट पारिन् । ’हारिहालिन्छ भन्ने सोचले ग्रस्त हुँदा र जीत्न सकिन्छ भन्ने भावनाबाट खेल्दा निस्कने परिणामले ठूलो अर्थ राख्छ,’ उनले भनिन् ।
थापाले कोचको मनोवैज्ञानिक प्रशिक्षणले राम्रो काम गरेको बताइन् । भारत भन्नेवित्तिकै डर लाग्ने सोच कोच खड्काको निरन्तरको प्रशिक्षणले भोगेको थापाले बताइन् ।

नेपालका लागि गोल मेसिनका रुपमा परिचित साबित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियाकी उत्कृष्ट फरबार्ड हुन् । भारतविरुद्ध मैदान उत्रँदा नेपालले भण्डारीबाट ठूलो अपेक्षा गरेको छ ।
इतिहास रच्नबाट एक कदमपछि रहेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रँदा भारतलाई पराजित गर्ने प्रशिक्षक खड्का बताउँछन् । 
प्रशिक्षक खड्काले उपाधि जित्ने दाबी गरिरहेको बेला भारतीय प्रशिक्षक मयेमल रक्की पनि अपराजित यात्रालाई कायम राख्ने बताउँछिन् । नेपाल बलियो टिम भएकाले त्यहीअनुसार तयारी गर्ने उनले बताइन् । निरन्तरको टीम विजेता भारतले भने नेपाली टिमको पछिल्ला प्रस्तूतिलाई सामान्य ढंगले नहेरेको बताएको छ । प्रशिक्षक मयेमल रक्कीले नेपाली टिम बलियो रुपमा आएको तर, आफ्नो तयारी पनि कमजोर नरहेको स्पष्ट पारिन् । ’नयाँ ठाउँ, नयाँ परिवेश भएपनि प्रतियोगीता जीत्न कन्फिडेन्ड छौँ,’ उनले भनिन् ।
टीम कप्तान आशालता देवीले नेपाल र भारतबीचको प्रतियोगिता निकै राम्रो टिम हुने बताइन् । ’नेपाली टीम र उसको क्षमतालाई म सधैं सम्मान गर्छु’ उनले भनिन्र, ’मैदानको तयारीमा हामी न प्रेसर न त रिल्याक्स सिच्यूयएनमा नै रहन्छौं ।’
एशियन ओलम्पिकमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो । डेढ महिनाअघि भारतमै आयोजित हिरो वुमन्स कपमा नेपालसँग भारत २–१ गोल अन्तरले पराजित भएको थियो । हिरो कपको समूह चरणको खेलमा भारतलाई पराजित गरेको नेपाल उपविजेता बनेको थियो ।
सन् २०१० मा बंगलादेशमा सम्पन्न पहिलो साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएपछि विजेता बन्नबाट चुक्यो । २०१२ मा श्रीलंकामा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–१ गोलले पराजित भयो । यो पटक पनि उपविजेतामै सीमित बन्यो । २०१४ मा पाकिस्तानमा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा भारतसँग ६–० गोलअन्तरले पराजित हुदै अर्को मौका गुमाएको 
थियो ।
२०१६ मा भएको साफ महिला च्याम्पियनसिपमा भने नेपाल र भारतबीचको भेट सेमिफाइनलमै भयो । यो पटक नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित भयो ।
विगतमा महिला साफ च्याम्पियनसिपमा भारतसँग भोगेको पराजयले अहिले पनि नेपाली महिला टिमलाई सताउने गरेको छ । पछिल्लो समयमा भारत भन्ने वितिकै खेलाडीमा लाग्ने डर त हटेको छ तर, भारतमाथि पूरै हावी हुने अवस्था भने छैन ।

तर, घरेलु मैदान भएका कारण पनि नेपाली टोलीको मनोबल उच्च छ । समूह चरणको खेलमा बंगलादेश, भुटानलाई समान ३–० गोल अन्तरले पराजित गरेको नेपालले सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा १० गोल गरेको नेपालले गोल खाएको छैन् । समूह चरणको खेलमा श्रीलंका, माल्दिभ्सलाई पराजित गरेको भारतले सेमिफाइनल खेलमा बंगलादेशलाई पराजित गरेको थियो । जारी प्रतियोगितामा गोल नखाएको भारतले १४ गोल गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.