Websoft University

पाँचौ महिला साफ च्याम्पियनसिप खेल विराटनगरमा आज सम्पन्न-जित भारतले हात पार्यो


बिराटनगर चैत ८ गते । रातो तारा डट कम,नेपालकै इतिहासमा पहिलो पटक काठमाडौं उपत्यका बाहिर भएको फुटबलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता पाँचौ महिला साफ च्याम्पियनसिप खेल विराटनगरमा आज सम्पन्न भएको छ।

दश हजार दर्शक क्षमता भएको विराटनगरको शहिद रङ्गशालामा दर्शक भने  दशौ हजारको सङ्ख्यामा खचाखच भरिएका थिए । पहिलो पटक विराटनगरमा पहिलो पटक अन्तराष्टिय स्तरको यो  फुटवल प्रतियो आयोजना भईरहँदा दर्शकको भिड रङ्गशालाले थाम्नै नस्सक्ने भइसकेको थियो ।

शुरुको करिव ४५ मिनेट सम्म राम्रो खेलेको नेपाली टिमको लागि पहिलो हाफ पछिको समय दुर्भाग्यपुर्ण बन्यो । मध्यान्तर पछिको थप २ गोल नै भारतका लागि पाँचौँ च्याम्पियनसिपको पाँचौ जितको बलियो आधार बन्यो । नेपाले पाएको पटक पटकको प्रहार असफल बन्नु पनि नेपालको हारको कारण बन्यो ।

नेपालको तर्फबाट साबित्रा भण्डारीले गरेको पटक पटक प्रहार असफल हुँदा नेपालले हार ब्यहोरेको दर्शकको बुझाई छ ।  शुक्रबार भएको फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग ३-१ ले पराजित हुँदै नेपाल निराश हुँदै पराजित भए पनि घरेलु दर्शकले उनीहरुलाई साथ दिए ।

दर्शकहरूले भरिभराउ रंगशालामा पहिलो पटक यति धेरै संख्यामा घरेलु दर्शकको उपस्थिति थियो। झापा, ईलाम देखि उदयपुर, धनकुटा देखि काठमाडौका समेत दर्शक विराटनगरको शहिद रङ्गशाला देखिन्थे ।  घरेलु मैदान दर्शकको साथ हुँदा हुँदै पनि नेपाली टोलीले हार ब्यहोर्दा नेपाल नेपालले पाँचौ साफमा पनि आफ्नो भाग्य बलियो बनाउन सकेन ।

भारतको तर्फबाट पहिलो गोल भारत की खेलाडी  डालिमा छिब्बेरले गरिन् । त्यसको ७ मिनेटमा नेपालका खेलाडी साबित्रा भण्डारीले गोल भारतलाई बदला लिईन् । तर मध्यान्तर पछि मैदानमा पर्किएको भारत निक्कै नै नेपाल माथि हाबी देखियो ।

त्यसपछि भारतको तर्फबाट ग्रेस डाग्मेईले दोश्रो गोल गरिन भने तेश्रो गोल अञ्जु तामाङ्गले गरेको गोल नै भारतको जितका लागि पर्याप्त भयो । यो खेलसँगै नेपालले भारतसँगै चौथो पटक उप विजेतामा चित्त बुझाउनु परेको छ ।
अन्त्यमा कार्यक्रम प्रमुख अतिथि तथा १ प्रदेशका मुख्य मन्त्री
शेरधन राइले पहिलो र दोस्रो हुने खेलाडीलाई बधाई दिनु भएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.