सुनसरी फागुन १८ गते । रातो तारा डट कम,सुनसरीको इटहरीमा रहेको सुनसरी सेन्टजेम्स स्कुलले आफ्नो २० औ वार्षीक उत्सव बिभिन्न कार्यक्रमगरि मनाएको छ । सेन्टजेम्स स्कुलले आफ्नो वाषर््ीक उत्सवको अवसरमा बिभिन्न खेलको प्रतियोगिता सम्पन्न गरेकोमा बिजेताहरुलाई पुरस्कार बितरण समेत गरेको छ । अतिरित्त, क्रियाकलापबाट बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने मुख्य उद्धेश्य राखेर बिभिन्न खेलको आयोजना गरेको थियो ।
बिद्यार्थीहरुलाई शैक्षिक ज्ञानसंगै बिभिन्न व्यवहारिक ज्ञानको बिकास गर्दै सुनसरी सेन्टजेम्स स्कुलले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । स्कुललको वार्षीक उत्सवको अवसरमा सञ्चालन भएको बिभिन्न खेल प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो हुने खेलाडीहरुलाई मेडल, प्रमाण पत्र बितरण गरिएको थियो । सोहि कार्यक्रममा सञ्चारक्षेत्रमा योगदान गरेको भन्दै पवन अधिकारीलाई सम्मान समेत गरिएको थियो ।
स्कुलको वार्षीक उत्सवको अवसरमा अभिभावक तथा बिद्यार्थीहरुलाई सम्बोधन गर्दै बिद्यालयका प्रिन्सिपल कविन्द्र मण्डलले आगामी दिनहरुमा बिद्यालयलाई प्रविधिमैत्रि बनाउदै लैजाने बताएका छन् । मण्डलका अनुसार बिद्यार्थीहरुलाई समयसापेक्ष शिक्षाको प्रदान गर्दै लैजाने बताए । कार्यक्रममा इटहरी वडा नम्बर ६ का वडाध्यक्ष दिपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
Post a Comment