काठमाण्डौं,फगुन १७ गते । रातो तारा डट कम, उत्तर कोरियाले आफूमाथिको प्रतिबन्ध पूर्णरुपमा हटाउन माग राखेपछि, अमेरिकाले उक्त कुराको अस्विकार र दुई देशका कार्यकारी प्रमुखबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोईमा भएको पछिल्लो वार्ताले दुई देशबीचको सम्बन्ध सुधार गर्ने अपेक्षा गरिएको थियो । वार्ता प्रतिबन्धमै केन्द्रित भयो । प्रतिबन्ध पूर्णरुपमा हटोस भन्ने कोरियाको मागलाई अमेरिकाले अस्वीकार गरेको थियो ।
वार्ताले परमाणु हतियार निशस्त्रीकरण गर्ने सम्बन्धमा सहमति जुटाउन सक्ने अपेक्षा गरिएको थियो । यी दुई कार्यकारी प्रमुखले दोस्रोपटक वार्ता गरेका हुन् । ट्रम्पले तेस्रो वार्ताका लागि कुनै योजना नभएको बताउनुभएको छ ।
Post a Comment