काठमाण्डौ,फागुन २१ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नो नयाँ लोगो र राष्ट्रिय टिमले प्रयोग गर्न नयाँ जर्सी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गर्दै नयाँ लोगो र जर्सी सार्वजनिक गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिब केशव कुमार बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, केल्मीको नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदिप न्यौपाने लगायतले सार्वजनिक गर्नुभयो । पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार गरेका हुन् । ५ सय ७० प्रतिस्पर्धीलाई पछि बनाउदै तिवारीको लोगो उत्कृष्ट बनेको हो ।
लोगो निर्माणगरे वापत एन्फाले तिवारीलाई ५० हजार नगदले पुरस्कृत गरेको छ । नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह रहेको छ । फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ ।

Post a Comment