काठमाण्डौ, चैत १२ गते । रातो तारा डट कम,रत्ना होटल संन्चालक रेवात बहादुर थापाले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर श्रम कार्यलय, बिपक्षि ४ जना होटल मजदरहरुका बारेमा जानकरी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै रत्ना होटल संन्चालक रेवत बहादुर थापाले त्यसबेला होटल मजदुर ४ जनाले पाउने रकम करिव रु २१ लाख सम्म आफुले दिन तयार रहदा पनि उनीहरु श्रम ऐन २०४८ अनुसार श्रम अदालतले मिति २०६८÷५÷२३ गते गरेको फैसला अनुसार आफनो अदालतले दिनु भनेको पारिश्रमिक (भनेको तलव मात्र) उनिहरु लिनै नआएकोले हाम्रो यसमा कुनै गल्ती नभएको थापाले पत्रकार सम्मेलनमा बताउनु भएकोछ ।
हाल श्रम कार्यलय बिराटनगरले श्रम अदालतले गरेको फैसला र सर्बोच्चले गरेको फैसला समर्थनलाई होट व्यवस्थापन पक्षले कायन्वयन नगरेको भन्दै रत्ना होटलको बैंक खाता रोक्का र बिधुत लाईन काट्न आदेश गरेको हुँदा यो पत्रकार सम्मेलन गर्नु परेको थापाले बताउनु भएकोछ ।
तातकालिन प्रचलित कानुन अनुसार मिति २०६८÷५÷२३ गते को फैसलाको बिपरित रामेश्वर बुडाथोकी लगाएतका चार जना मजदुरहरुले हालको नयाँ कानुन अनुसार तलव भत्ता लगाएतका सुबिधा समेत दाबी गर्दै,करिव १ करोड होटल व्यवस्थापन सग माग गर्दै आएकाले यो बिवाद भएको संन्चालकले बताएका छन ।
यो बिवादको चुरोकुरा पता लगाउन रातो ताराको तर्फबाट सम्पादक तेजेन्द्र बहादुर भण्डारीले रत्ना होटलका कानुन व्यवसायी परिष्ठ अधिवक्ता भरत बहादुर थापालई सम्पर्क गरेर कुरा गर्दा अदालतले व्यख्या गरेअनुसार फैसला मिति समेत लेखिएकाले ततकालिन फैसला हुदाका बखत प्रचलित कानुन बंमोजिम तोकिएकै रकम मजदुरहरुले पाउने हुन त्यो फैसलामा भत्ता र अन्य सुबिधाको बारेमा व्यख्य नगरिएको कानुन व्यवसायी थापाले भन्नु भयो ।
पारिश्रममिक भनेको मजदुरको तलव हो भत्ता भनिएको छैन । जुन बेला फैसला भयो त्यहिअनुसार वहाहरुले पाउने र होटले फैसला कार्यन्वयन गर्नु पर्ने हो, त्यस भन्दा पछि बनेका कानुनहरुलाई आधार बनाएर सुबिधा माग गर्न मिल्दैन, होटल संन्चालकले काम गरेवापत काम गरेका समयमा पुरस्कार सरुप रकम तोकेर सम्जौता भएको रहेछ अनि बढी खोजेर पाइदैन अधिवक्ताले भन्नु भयो ।
Post a Comment