Websoft University

उजुरी दिन काँग्रेस अनुशासन समितिको आग्रह

काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम,नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरीत गतिविधि गर्ने पार्टी सदस्यविरुद्ध चैत मसान्तभित्र उजुरी दिन आग्रह गरेको छ ।

समिति बैठकले २०७५ चैत मसान्तभित्र आएका उजुरीमाथि मात्र छानबिन हुने निर्णय गरेको हो । पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरीतका कुनै पनि काम, कारवाही र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाही र गतिविधिका विरुद्धमा प्रमाणसहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समितिसमक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानविन गरी निर्णय गर्ने बैठकको निर्णयमा भनिएको छ ।

समितिले पार्टीका कुनै नेता, कार्यकर्ताले लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत पार्टी हित विपरीतका काम, कारबाही र गतिविधि प्रकट गरेमा पार्टी विधानअनुसार कारवाही गर्ने आफ्नो क्षेत्राधिकार रहने पनि बताएको छ । नेपाली काँग्रेसको चैत ४ गते बसेको केन्द्रीय समिति बैठकले भीष्मराज आङ्देम्बेको नेतृत्वमा अनुशासन समिति गठन गरेको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.