काठमाण्डौ,चैत ११ गते । रातो तारा डट कम,प्रतिनिधिसभाको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्ताव राख्नुभएको थियो । विधेयकमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले जनताको दैनिकीसँग जोडिएका कानुनमा भएका जटिलता फुकाउन सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो ।
छलफलमा सांसदहरू प्रेम सुवाल, पुष्पा भुसाल, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
Post a Comment