अन्तराष्ट्रिय समचार–काठमाण्डौ,फागुन २२ गते । रातो तारा डट कम,विश्वभरका ६ वटा देशमा मात्रै महिला र पुरुषलाई समान अधिकार दिईएको पाइएको छ । विश्व बैंकले गरेको एउटा अध्ययन अनुसार विश्वभरका मुलुक मध्ये ६ वटा देशमा मात्रै पुरुष र महिलामा समान अधिकार दिइएको छ ।
संसारभर लैङिगक समानताको बहस चलिरहेको बेला निकै सुस्त गतिमा काम भइरहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले जुन देशमा प्रभावकारी रुपमा आर्थिक र कानूनी रुपमा महिला पुरुषलाई अधिकारको नीति निर्माण र काम भइरहेको छ, त्यस्ता देशलाई अध्ययनमा समावेश गरेको थियो ।
महिला र पुरुषलाई समान अधिकार दिने देशहरुमा बेल्जियम, डेनमार्क, फ्रान्स, लाटभिया, लक्जमवर्ग र स्विडेन रहेका छन् ।
Post a Comment