Websoft University

कटहरी गाँउपालिकामा निर्माण गरिएको फलफुल तथा तरकारी बजारको आज प्रधानमन्त्री द्घारा उद्घाटन


काठमाडौ चैत ३ गते । रातो तारा डट कम,कटहरी-मोरङको कटहरी गाँउपालिकामा निर्माण गरिएको फलफुल तथा तरकारी बजारको आज उद्घाटन गरिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बजारको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै सो बजार प्रदेश सरकारलाई बजारको चाबीदिएर हस्तान्तरण गरिएको छ । 

प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई चाबी हस्तान्तरण गरेर बजार सञ्चालनको जिम्मेवारी दिए । ५ विगाहा २ धुर जमिनमा निर्माण गरिएको सो बजारको लागत १५ करोड ४८ लाख ४९ हजार रुपैयाँ रहेको छ । विश्व बैंकको सहयोगमा प्याक्ट परियोजना अन्तर्गत सो बजार निर्माण गरिएको हो ।

अत्याधुनिक प्रशासन भवन, सटर, सौचालय डिप बोरिङ, स्टल, थोक विक्री केन्द्र बजारमा निर्माण गरिएको 
छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार अब कृषिको आधुनिकिकरण र उत्पादकत्व बृद्धिमा लागेको बताए ।

उनले सरकारले कृषकलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको बताउदै सरकार त्यस तर्फ उन्मुख भएको स्पष्ट पारे । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई हरित प्रदेश बनाउदै कृषिमा आधुनिकिकरण गर्न प्रदेश सरकार लागिरहेको जानकारी दिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.