शिव भट्टराई सुनसरी फागुन १८ गते । रातो तारा डट कम,
सुनसरीको इटहरीमा रहेको श्री पाथीभरा तेक्वान्दो डोजांगको आयोजनामा भएको प्रथम प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता सम्पन्न भएको छ । खेलकुदको माध्यमबाट प्रदेश एकको इटहरीलाई पहिचान दिलाउने उद्धेश्य सहित तेक्वान्दो प्रतियोतिा सञ्चालन भएको थियो ।
फागुन १७ र १८ गते दुई दिन सम्म सञ्चालन भएकोे प्रतियोगितामा ताप्लेजुंग, इलाम, झापा, मोरंग, सुनसरी, उदयपुर, सोलुखुम्बु, खोटांग, धनकुटा र बिभागिय टिम गरि जम्मा ११ वटा टिमको सहभागीता रहको थियो । पुरुष तर्फ २२ केजि देखि ८० केजि सम्म र महिला तर्फ ३३ केजि देखि ५६ केजि सम्मको १७ वटा तौल समुहको सहभागीता खेल सञ्चालन भएको थियो ।
दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा खेलाडीहरुलाई खाना, बस्नका राम्रो व्यवस्था सहित प्रत्यक तौल समुहमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्नेलाई मेडल तथा प्रमाण पत्र, बितरण गरिएको थियो । सहभागी टिम मध्ये ५ गोल्ड, तिन सिल्भर सहित आयोजक टिम प्रथम भएको छ भने, दोश्रो र तेश्रो क्रमश सैनिक स्कुल धरान र उदयपुर टिम भएके छ । बिजेता टिमलाई सिल्ड मेडल तथा प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि तथा अध्याक्ष लगायतले बितरण गरेका थिए । त्यसैगरि उत्कृष्ट पुरुष खेलाडी सिजन पौडेल र महिला उत्कृष्ट खेलाडी यमुना राईलाई नगद सहित प्रमाण पत्र, पुरस्कार बितरण गरिएको छ ।
इटहरीलाई स्पोर्टस सिटिको रुपमा बिकास गर्न यो प्रतियोगिताले पनि सहयोग मिल्ने आयोजकका संयोजक देशबन्धु कार्कीले बताए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश एकको तेक्वान्दो संघका अध्यक्ष शैलेस बिष्टले प्रदेश एकले खेलको बिकास गर्दै खेलाडीकाहरुलाई पनि अन्तराष्ट्रिय स्तरको क्षमता अभिबृद्धि गर्ने कार्यको थालनी भएको बताए ।
Post a Comment