Websoft University

वृत्ति परामर्श तथा रोजगार मेला सम्बन्धी


बिराटनगर चैत ४ गते । रातो तारा डट कम,विश्वभर आज वेराजगार सबैका लागि समस्या र चूनौतिको रुपमा वढ्दो छ । नेपाली श्रम वजारमा प्रति वर्ष ५ लाख युवाहरु आउन तयार हुन्छन तर ती सबैलाई यथोचित श्रम वजारमा परिचालन गर्न सकिरहेका छैनन ।

यी मध्ये दैनिक लगभव १२ सय देखि १५ सय युवाहरु विदेशिने गर्छन यो तितो यर्थाथलाई आत्मसात गर्दै नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा संचालित ईन्स्योर परियोजनाको सहयोगमा दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका, उद्योग संगठन मोरंगको संयुक्त आयोजना तथा मोरंग व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन मेमोरियल पोलिटेक्निक र व्यवसायिक सीप तालिम प्रदायक संघ प्रदेश नं. १ को सहयोगमा मिती २०७५ चैत्र ०५ गते, मंगलवार बिहान १०ः०० बजे देखि अपरान्ह ४ः०० बजे सम्म सरस्वती माध्यमिक विद्यालय, दुहवी सुनसरीमा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्न लागिएको   प्रेश विज्ञप्ती मार्फत जनाएको  छ ।

नेपाल सरकारको “समृद्ध नेपाल, सुखी नेपाली र ५ लाख जनालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पु¥याउने उद्देश्य लिई यस क्षेत्रका जनशक्तिलाई स्थानिय उद्योग÷व्यवसाय, बैकिङ्ग, पर्यटन, व्यवसाय, होटल लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पु¥याउन दुहवी, सुनसरीमा प्रथम पटक हुने वृति परामर्श तथा रोजगार मेलाको समुदघाटन प्रदेश नं. १ माननीय मुख्य मन्त्री शेरधन राईज्यूले गर्नु हुने छ । दुहवीमा हुन लागेको रोजगार मेलाले रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा राखी आफनो आवश्यकता अनुसारको मानव शंसाधन खोज्न र रोज्न सहयोग पु¥याउने छ ।

वृति परामर्श तथा रोजगार मेलाको मुख्य कार्यक्रमहरुः
वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा सूचना दिइने,
सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिम बारे सूचना दिइने,
रोजगार सम्बन्धी सूचना तथा रोजगार दातासंग प्रत्यक्ष सम्पर्क गराइने,
निःशुल्क कार्यस्थलमा आधारित सीपमूलक तालीम सम्बन्धी जानकारी दिइने,
स्थानीय उत्पादन प्रदर्शनी गरिने ।
रोजगारको अवसर प्राप्त गर्न सकिने ।

प्राविधिक, प्रशासनिक साथै श्रमिक वर्गको समेत सहभागिता रहने मेलामा उद्योग÷व्यवसाय लगायत अन्य क्षेत्रका रोजगारदाताको तर्फबाट प्रतिनिधित्व रहने छ भने मेला अवधिमा वृत्ति परामर्श सम्बन्धी सेवा तथा सूचना प्रवाह, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिम बारे सूचना सम्प्रेषण, रोजगारदातासंग प्रत्यक्ष सम्पर्क, स्थानीय उत्पादन बारे प्रदर्शनीका साथै रोजगारको अवसर प्राप्त गर्न सकिने जानकारी गराउदछौ ।

एकतर्फ दक्ष जनशक्ति पलायन हुने क्रममा रहनु र अर्कातर्फ उद्योग÷व्यवसाय लगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेको वत्र्तमान अवस्थामा आयोजना गर्न लागिएको रोजगार मेलाबाट रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्धी हुनेछ भने रोजगारीकै खोजीमा युवाशक्तिलाई विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्न केही हदसम्म मद्त पुग्ने साथै उक्त रोजगार मेलाबाट कामको खोजीमा रहेका करिव २ हजार जनशक्तिको सहभागिता रहने हामीले अपेक्षा लिएका छौं ।

अतः स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउने अभिप्रायले आयोजना गर्न लागिएको वृत्ति विकास तथा रोजगार मेलाको सफल आयोजनाका लागि सबै पक्षसंग आयोजक उद्योग संगठन मोरंग, दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका र भ्ल्क्क्ग्च्भ्रऋत्भ्ख्त् आयोजना सहयोग पु¥याउन हार्दिक अनुरोध गर्दछौ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.