Websoft University

विश्व क्षयरोग दिवस नेपालमा पनि मनाइदै,


काठमाण्डौ चैत १० गते । रातो तारा डट कम,आज विश्व क्षयरोग (टिबी) दिवस मनाइदैछ । विश्वभरी विभिन्न सचेतनाका कार्यक्रम गरेर मनाइदैछ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्दै यस वर्ष विश्वभरी नै यो दिवस मनाईदैछ । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप अंग्रेजीमा ट्यूब्रक्लोसीस हो ।

क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको छ । अझैपनि विश्व जनसंख्याको एकतिहाई जनसंख्या क्षयरोगको किटाणुको संक्रमणको जोखिममा छन् । विकासोन्मुख देशहरुमा यो जोखिमको दर बढेर ९० प्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाएको छ । 
त्यस्तै प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिने गरेका छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेको तथ्यांक छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा करिब ५० प्रतिशत नेपाली जनसंख्या क्षयरोगले ग्रसित छन् भने हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले वर्षेनी मर्ने गरेका छन् । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट्स सेवा केन्द्रहरु छन् । 
सन् २०१६ सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्ममा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको छ । नेपाल सरकारले क्षयरोग को उपचार निःशुल्क गरेको छ भने सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । 

३ हप्ता या त्योभन्दा बढि समयदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढि महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर जचाउन चिकित्सकहरुको सुझाव छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.