Websoft University

प्रदेशको नाम राख्दा भावना समेटिनेछः मुख्यमन्त्री राई




अर्जुन जम्नेली राई-सुनसरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भण्डारीले प्रदेशको नाम राख्दा जनताको भावना समेटिने बताएका छन् । किरात राई यायोक्खाको आज(शनिबार) सुनसरी धरानमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै दुवै जनाले उक्त कुरा बताएका हुन् ।

प्रमुख अथिति रहेका मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम बारे प्रदेशका सांसद र पार्टी प्रमुखहरुसँग छलफल, परामर्श भइरहेको बताए । नाम विवाद रहित होस भन्ने उदेश्यले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका केन्द्रीय नेताहरुसँग समेत छलफलमा रहेको मुख्यमन्त्री राईले बताए ।

नेताहरुले यही नाम राख्न निर्देशन दिएको भन्ने हल्ला गतल भएको बताए । प्रदेशको नाम र स्थायी राजधानी तोक्दा सकेसम्म सबैको भावना समेट्ने प्रयास गर्ने राईले बताए । किरात नामप्रति कसैको असहमति नापाएको मुख्यमन्त्री राईको भनाइ थियो ।

कठिन भएपनि प्रदेशको विकास र समृद्धिको लागि नाम सहमतिमै राखिने राईले बताए । संघीयता कार्यान्वयन, नाम राख्ने जस्ता जटिल र ऐतिहासिक जिम्मेवारी लिन प्रतिस्पर्धाबाट आफू आएकोले सकेसम्म सहज रुपमा पुरा गर्ने बताए । नेपाल निर्माणको २००७ सालका क्रान्ति नाक रामप्रसाद राई लगायतका किराती समुदायको योगदान महत्वपूर्ण रहेको मुख्यमन्त्री राईको भनाइ थियो ।
कार्यक्रममा प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले यायोक्खाले किरात पहिचानको कुरा भद्र र लोकतान्त्रिक पद्धतिले उठाउदै आएको बताए । ‘म ब्राह्मण्डको छोरा भएपनि माझ किरातमा हुर्केको व्यक्ति हुँ’ सभामुख भण्डारीले भने ‘किरात कुनै एउटा जाति होइन, यो इतिहास, भूगोल र सभ्यता हो ।’ नाम राख्दा प्रदेशबासी आम जनताको भावनाको प्रतिनिधित्व गर्ने गरी पहल गर्ने भण्डारीको भनाइ थियो ।
नाम राख्दा आगो नरोपौं
संघीय सांसद सुदन किरातीले नाम राख्दा सन्सार जलाउने आगो नरोप्न चेतावनी दिए । किरात सभ्यता, इतिहास र भूगोल भएकोले नाम राख्न कुनै कन्जुस्याइ गर्न नहुने बताए । देश शान्ति र समृद्धितिर अघि बढेको बेला नाम राख्दा जनभावनाको कदर गर्न मुख्यमन्त्री र सभामुखलाई सुझाव दिए । अगाडि रहेका मुख्यमन्त्री शेरधन राईलाई राम बनेर धनुवाण उचाल्न सुझाव दिए । त्यसमा प्रदेशका सभामुख प्रदिप भण्डारी लक्ष्मण भए आफूहरु हनुमान बनेर पृथ्वी बोक्न सघाउने सांसद किरातीको भनाइ थियो । मुख्यमन्त्री र सभामुखले यो बेला गल्ति गरे मरेपछि चिहानबाट पनि जवाफ दिनुपर्ने अवस्था आउने चेतावनी दिए ।
त्यसैगरी अर्का संघीय सांसद हेमकुमार राई (सुरवीर)ले प्रदेश १ मा किरात नाम अपुर्ण भए अप्रिय हुने चेतावनी दिए । किरात नामको कुनै विकल्प नभएको तर्क प्रस्तुत गर्दै सोही नाममा सहमति जुटाउन मुख्यमन्त्री र सभामुखलाई सुझाव दिए ।
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्यालले शेरधन राईले किरात पहिचान जोगाउनेमा आपूm आशावादी भएको बताए । किरात नाम राखिए मुख्यमन्त्री र सभामुखको प्रदेशभर शालिक राखिने र नराखेमा जीवनभर आरोप चिर्न तयार हुनेपर्ने उपाध्यक्ष छन्त्यालको भनाइ थियो । पहिचान विनको नाम राखिए त्यही दिनदेखि आन्दोलन सुरुहुने छन्त्यालले बताए ।
प्रदेश १ का सभा सदस्य उमिता विकले किरात नाम राख्न कुनै समस्या नहुने बताए । अर्का प्रदेश सभा सदस्य रामकुमार राई(पासाङ)ले नाम राख्दा अर्को आन्दोलन गर्नु नपर्ने गरी किरात राखिनु पर्ने विचार राखे । नेपाली कांग्रेस सम्बद्ध प्रदेश सभा सदस्य प्रकाशप्रताप हाङ्नाम, सुनुवार सेवा समाजका केन्द्रीय उपाध्यक्ष शान्तकुमारी राई, यायोक्खा केन्द्रीय सल्लाहकार चन्द्रविक्रम राई, यायोक्खा वेलायतका अध्यक्ष कल्पना राई, किरात खम्बु राई संस्कृतिक संस्था दार्जेलिङ भारतका अध्यक्ष ताराकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईको सभापतित्वमा भएको कार्यक्रम महासचिव जिवन हाताचो राई र उपमहासचिव डि.बी. सरोज राईले सञ्चालन गरेका थिए । स्वागत मन्तव्यको क्रममा उपाध्यक्ष दिवस राईले किरात नाम नराखिए कडा आन्दोलनको विकल्प नभएको बताएका थिए ।
कार्यक्रम सुरुहुनु अघि किरात राई यायोक्खा सुनसरीको कार्यालयबाट छाताचौकहुदै धरान परिक्रमा गरी भानुचोकमा आएर वृहत सभामा सहभागि भएको थियो । ¥यालीमा १ नम्बर प्रदेश किरात प्रदेश, सम्पूर्ण प्रदेशवासीको चाहना किरात प्रदेशको स्थापना लगायतको नारा लगाएका थिए । ¥यालीमा ठूलो चिण्डो र यलम्बरको मूर्ती समेतसंगै डुलाएका थिए ।

बन्दसत्र भोली र पर्सी धरान अतिथि सदनमा हुने उपमहासचिव भीम राईले बताए । बन्दसत्रले संस्थाको सांगठानिक, आर्थिक, राजनीतिक प्रतिवेदन बारे छलफल गर्दै नयाँ नेतृत्व चयन गरेर समापनहुने उपाध्यक्ष दिवस राईले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.