Websoft University

किसानले उत्पादन गरेको तरकारीले मुल्य नपाएपछि किसान चिन्तित


काठमाण्डौ,फागुन २२ गते । रातो तारा डट कम,कृषि नगरको रुपमा परिचित काभ्रे पाँचखालका किसानले उत्पादन गरेको तरकारीले मुल्य नपाएपछि किसान चिन्तित बनेका छन् । उत्पादन गरेको तरकारी सिधै बजारमा लगेर बिक्री गर्ने वातावरण नरहेको र ठेकेदारमार्फत् बिक्री गर्दा बीचैमा आधी मुल्य हराएको भन्दै यहाँका किसान चिन्तित बनेका हुन् । अहिले काभ्रेको पाँचखालमा उत्पादन भएको आलु, काउली र बन्दा लगायतका तरकारी ठेकेदारहरुले मनोमानी रुपमा मुल्य निर्धारण गरेर उठाउने गरेका छन् । कतिपय किसानले आफूले फलाएको तरकारीको उचित मुल्य नपाएपछि बारीमा टिप्नै छाडेका छन् । पाँचखालका किसानले उत्पादन गरेको आलूको मुल्य व्यापारीले प्रति केजी १५ रुपैयाँदेखि २० रुपैयाँ दिने गरेका छन् । तर बजारमा त्यहि आलु उपभोक्ताले खरिद गर्दा प्रति केजी ४० देखि ४५ रुपैयाँसम्म पर्ने गरेको छ । पाँचखाल नगरपालिका कृषि शाखाका प्राविधिक सहायक ईश्वरीप्रसाद अधिकारीले विचौलीया अन्त्यका लागि माथिल्लो निकायबाटै तरकारीको बजारीकरण र मुल्य निर्धारण गर्नुपर्ने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.